लुम्बिनीखबर
लुम्बिनी, २४ भदौ । रुपन्देहीको मायादेवी गाउँपालिका–४ स्थित लुम्बिनी शिक्षा निकेतनले विपद् प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि रु. ५४ हजार १७५ सहयोग गरेको छ । विद्यालयले मायादेवी प्याब्सनअन्तर्गत प्याब्सन रिलिफ फण्डमा रु. १५ हजार ५५५ सहयोग गरेको जनाएको छ । त्यसैगरी विद्यार्थी, शिक्षक–कर्मचारी तथा अभिभावकबाट सङ्कलित रु. ३८ हजार ६२० प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सिधै जम्मा गरिएको छ ।

विद्यालयका विद्यार्थी, शिक्षक–कर्मचारी तथा अभिभावकको सहभागितामा सङ्कलित रकम विपद् प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले प्रदान गरिएको विद्यालयका प्राचार्य नामदेव अर्यालले जानकारी दिनुभयो ।
यससँगै विद्यालयले प्याब्सनमार्फत र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा गरी कुल रु. ५४ हजार १७५ सहयोग गरेको जनाएको छ । सहयोग रकम जम्मा गरिएको रसिदसमेत सार्वजनिक गरिएको विद्यालयले जनाएको छ ।
विपद्को समयमा विद्यालय परिवारले सामाजिक उत्तरदायित्वअन्तर्गत राहत सहयोग प्रदान गरेको प्राचार्य अर्यालले बताउनुभयो ।