logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    भैरहवामा क्लासिक होमियोप्याथिक क्लिनिक सञ्चालनमा


    २७ भाद्र २०८३ , शनिबार

    भैरहवामा क्लासिक होमियोप्याथिक क्लिनिक सञ्चालनमा

    विशन गुरुङ्ग / लुम्बिनीखबर 

    भैरहवा, २७ भदौ । सिद्धार्थनगर नगरपालिका–७, जनकपथमा क्लासिक होमियोप्याथिक क्लिनिक सञ्चालनमा आएको छ। क्लिनिकको उद्घाटन भदौ २६ गते सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खाँनले गर्नुभएको हो।

    क्लिनिकका होमियोप्याथिक फिजिसियन डा. इक्राम वारिसको नेतृत्वमा सञ्चालनमा आएको यस क्लिनिकले विभिन्न स्वास्थ्य समस्याका लागि होमियोप्याथिक चिकित्सा सेवा प्रदान गर्ने जनाएको छ। डा. वारिस विगत १७ वर्षदेखि होमियोप्याथिक चिकित्सा क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ।

    क्लिनिकले विशेषगरी दीर्घकालीन (क्रोनिक) स्वास्थ्य समस्यामा होलिस्टिक एप्रोच अपनाएर उपचार गर्ने जनाएको छ। यस क्रममा बिरामीको शारीरिक तथा भावनात्मक अवस्थाको स्क्रिनिङ तथा मूल्याङ्कन गरी समग्र स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर उपचार प्रक्रिया अघि बढाइने डा. वारिसले बताउनुभयो।

    उहाँका अनुसार क्लिनिकमा पेट तथा पाचनसम्बन्धी समस्या, मिर्गौलासम्बन्धी समस्या, श्वासप्रश्वाससम्बन्धी समस्या, हाडजोर्नी तथा नशासम्बन्धी समस्या, छालासम्बन्धी समस्या र विभिन्न किसिमका एलर्जी लगायतका स्वास्थ्य समस्याका लागि होमियोप्याथिक उपचार तथा चिकित्सकीय परामर्श उपलब्ध गराइनेछ।

    डा. वारिसले होमियोप्याथिक उपचारमा आफ्नो विशेषता ‘होलिस्टिक एप्रोच’ रहेको बताउँदै बिरामीको शारीरिक अवस्थासँगै भावनात्मक पक्षलाई समेत अध्ययन गरी उपचार गर्ने पद्धति अपनाउँदै आएको जानकारी दिनुभयो। क्लिनिकले होमियोप्याथिक उपचारलाई साइड इफेक्ट न्यून हुने वा नहुने उपचार पद्धतिका रूपमा प्रस्तुत गरेको छ।

    क्लिनिक उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खाँनले भैरहवामा नयाँ स्वास्थ्य सेवा सञ्चालनमा आउनु सकारात्मक भएको बताउनुभयो। उहाँले क्लिनिक सञ्चालनका लागि बधाई दिँदै आगामी दिनमा थप प्रगति तथा सफलताको शुभकामना व्यक्त गर्नुभयो।

    १७ वर्षदेखि होमियोप्याथिक चिकित्सा क्षेत्रमा हासिल गरेको अनुभवलाई भैरहवामा विस्तार गर्दै स्थानीय नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको डा. वारिसले बताउनुभयो।

    क्लासिक होमियोप्याथिक क्लिनिकले सिद्धार्थनगर तथा आसपासका क्षेत्रका नागरिकलाई होमियोप्याथिक स्वास्थ्य सेवा उपलब्ध गराउँदै स्वास्थ्य सेवाको पहुँच विस्तारमा योगदान पु¥याउने अपेक्षा गरिएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.