logo
  • ५ असोज २०८३ , सोमबार
    • ट्रेन्डिङ

    बाढीको पीडाले घटायो तीजको चहलपहल, सुनसान बने होटल र पार्टी प्यालेस


    ३० भाद्र २०८३ , मंगलबार

    बाढीको पीडाले घटायो तीजको चहलपहल, सुनसान बने होटल र पार्टी प्यालेस

    लुम्बिनीखबर
    भैरहवा, ३० भदौ । तीजको दर खाने समयमा विगतमा चहलपहल हुने रूपन्देहीका होटल तथा पार्टी प्यालेस यस वर्ष सुनसान देखिएका छन् । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिका कारण तीजका दर खाने कार्यक्रम कम भएपछि होटल तथा पार्टी प्यालेसको कारोबार प्रभावित भएको व्यवसायीले बताएका छन् । रूपन्देहीमा करिब दुई सयभन्दा बढी पार्टी प्यालेस सञ्चालनमा रहेका छन् । विगतका वर्षमा तीजको समयमा दर खाने कार्यक्रमका कारण उल्लेख्य कारोबार हुने गरे पनि यस वर्ष त्यस्ता कार्यक्रम निकै कम भएको सिद्धार्थ होटल एसोसिएसन रुपन्देहीका अध्यक्ष तथा होटल संघ नेपाल (हान)का केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले बताउनुभयो ।

    “भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्र नै प्रभावित भएको छ । विगतमा तीजको समयमा हुने आम्दानी यस वर्ष निकै घटेको छ,” उहाँले भन्नुभयो । होटल पौवाका कार्यकारी अधिकृत विष्णु भण्डारीले विगतका वर्षमा तीजको दर खाने समयमा होटलमा विभिन्न कार्यक्रम आयोजना हुने र त्यसबाट राम्रो आम्दानी हुने गरे पनि यस वर्ष होटल पौवामा समेत त्यस्ता कार्यक्रम नभएको बताउनुभयो ।

    उहाँका अनुसार बाढीबाट भएको जनधनको क्षतिका कारण यस वर्ष तीजका कार्यक्रम आयोजना गर्ने क्रम निकै घटेको छ । बुटवल–भैरहवा क्षेत्रमा होटल तथा पार्टी प्यालेसमा हुने दर खाने कार्यक्रमको संख्या घट्दा त्यसको प्रत्यक्ष प्रभाव व्यवसायमा परेको व्यवसायीले बताएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.