logo
  • ५ असोज २०८३ , सोमबार
    • ट्रेन्डिङ

    BHU का नेपाली विद्यार्थीहरूले दिए रु. १ लाख ६० हजार राहत सहयोग


    ३० भाद्र २०८३ , मंगलबार

    BHU का नेपाली विद्यार्थीहरूले दिए रु. १ लाख ६० हजार राहत सहयोग

    पशुपति यादव। लुम्बिनीखबर 

    रोहिणी, ३० भदौ। विपद्को कठिन घडीमा मानवीय सहयोग र एकताको उदाहरण प्रस्तुत गर्दै बनारस हिन्दू विश्वविद्यालय (BHU) मा अध्ययनरत नेपाली युवाहरूको टोलीले रु. १,६०,००० (एक लाख साठी हजार) राहत सहयोग प्रदान गरेको छ।

    कृषि विज्ञान संस्थान (Institute of Agricultural Sciences) का विद्यार्थीहरूको सक्रियतामा अघि बढाइएको यस पहलले विपद् प्रभावित पीडितहरूको पीडा र कठिनाइलाई महसुस गर्दै उनीहरूलाई आवश्यक सहयोग पु¥याउने उद्देश्य राखेको छ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संकटमा परेका आफ्ना समुदायका सदस्यहरूप्रति ऐक्यबद्धता जनाउँदै गरिएको यो सहयोगले युवाहरूको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलतालाई उजागर गरेको छ।

    देश तथा समुदाय संकटमा पर्दा विदेशमा रहेर पनि आफ्नो कर्तव्य र जिम्मेवारीप्रति सचेत हुँदै BHU का नेपाली युवाहरूले देखाएको सहयोगी भावना प्रशंसनीय रहेको छ। सानो–ठूलो सहयोगभन्दा पनि संकटको समयमा पीडितहरूसँग उभिनु नै सबैभन्दा ठूलो मानवता हो भन्ने सन्देश यस सहयोगले दिएको छ।

    यस पहलमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक आभार तथा सम्मान व्यक्त गर्दै आयोजकहरूले आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यमा युवाहरूको सक्रिय सहभागिता निरन्तर रहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

    संकटमा एकता, दुःखमा साथ — सहयोगमा मानवता भन्ने भावलाई विशेष ध्यानमा राखेर काशी हिन्दू विश्वविद्यालयको कृषि विज्ञान संस्थानकी विद्यार्थी श्रेया यादवले जानकारी दिनुभएको हो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.