लुम्बिनीखबर
भैरहवा, ०१ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ जनकपथमा रिभाइभ होमियोप्याथिक क्लिनिक सञ्चालनमा आएको छ । क्लिनिकको एक समारोहबीच उद्घाटन गरिएको हो । सर्वसाधारणलाई सहज र नियमित रूपमा होमियोप्याथिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको हो । क्लिनिकमा डा. इकराम वारिसले होमियोप्याथिक स्वास्थ्य सेवा तथा चिकित्सकीय परामर्श प्रदान गर्नुहुनेछ । क्लिनिकमा विभिन्न स्वास्थ्य समस्याका लागि बिरामीको अवस्था र लक्षणका आधारमा आवश्यक परामर्श तथा उपचार सेवा उपलब्ध गराइने जनाइएको छ ।

क्लिनिकका अनुसार नियमित स्वास्थ्य परामर्श तथा उपचारका लागि बिहान ९ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ८ बजेसम्म सेवा सञ्चालन हुनेछ । चिकित्सकीय परामर्शका लागि अग्रिम समय लिन ९७०५६३२१३२ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।
होमियोप्याथिक चिकित्सा पद्धतिबाट स्वास्थ्य सेवा लिन चाहने सर्वसाधारणलाई आवश्यक चिकित्सकीय परामर्श लिएर उपचार प्रक्रिया अघि बढाउन क्लिनिकले आग्रह गरेको छ । नयाँ क्लिनिक सञ्चालनमा आएसँगै जनकपथ तथा आसपासका क्षेत्रका बासिन्दालाई होमियोप्याथिक स्वास्थ्य सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ ।