logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    बाढीपीडितलाई मासिक रु १५ हजार राहत दिने निर्णय


    १४ असोज २०८३ , बुधबार

    बाढीपीडितलाई मासिक रु १५ हजार राहत दिने निर्णय

    लुम्बिनीखबर
    भैरहवा, १४ असोज । बुटवल उपमहानगरपालिकाले तिनाउ नदीमा आएको बाढीबाट घर पूर्ण रूपमा क्षति भएका पाँच परिवारलाई तीन महिनासम्म मासिक रु १५ हजारका दरले राहत उपलब्ध गराउने भएको छ। बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बाढीबाट घर पूर्ण रूपमा क्षति भएका पाँच परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो। उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले ती परिवारलाई तीन महिनासम्म मासिक रु १५ हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको उपमहानगरपालिकाको सूचना शाखाले जनाएको छ।

    निर्णयअनुसार प्रत्येक परिवारले तीन महिनामा रु ४५ हजार राहत प्राप्त गर्नेछन्। यस्तै, बाढीबाट घरमा आंशिक क्षति पुगेका दुई परिवारलाई पनि आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने निर्णय भएको सूचना शाखाले जनाएको छ। बाढीका कारण प्रभावित क्षेत्रमा क्षति पुगेको पक्की ढलानसहितको तटबन्ध यथाशीघ्र पुनःनिर्माण गर्न जनताको तटबन्ध कार्यालयलाई अनुरोध गर्ने निर्णयसमेत गरिएको छ। तटबन्धमा क्षति पुगेका कारण थप जोखिम हुन नदिन आवश्यक संरक्षण तथा पुनःनिर्माणको काम तत्काल अघि बढाउनुपर्नेमा उपमहानगरपालिकाले जोड दिएको छ।

    बैठकमा बाढी तथा विपद्बाट प्रभावित क्षेत्रको अवस्था, तत्कालीन राहत, प्रभावित परिवारको पुनःस्थापना तथा आगामी दिनमा अपनाउनुपर्ने जोखिम न्यूनीकरणका उपायबारे छलफल भएको थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.