logo
  • १८ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    भैरहवामा युवा क्रिकेटको जमघट, फ्रेण्डसीप सिरिज


    १८ कार्तिक २०८३ , मंगलबार

    भैरहवामा युवा क्रिकेटको जमघट, फ्रेण्डसीप सिरिज

    लुम्बिनीखबर
    भैरहवा, १७ कात्तिक । युवा क्रिकेट खेलाडीको प्रतिभा पहिचान, खेल कौशल विकास र प्रतिस्पर्धात्मक अनुभव अभिवृद्धि गर्ने उद्देश्यले रुपन्देहीमा ‘एकेडेमी फ्रेण्डसीप सिरिज–२०८३’ सुरु भएको छ । रुपन्देही क्रिकेट सङ्घको आयोजनामा आइतबारदेखि भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा सुरु भएको प्रतियोगिता आगामी कात्तिक २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा रुपन्देही क्रिकेट एकेडेमी र काठमाडौंस्थित हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट एकेडेमीका खेलाडी सहभागी छन् ।

    सङ्घका कोषाध्यक्ष धिरज अधिकारी क्षेत्रीका अनुसार प्रतियोगितामा १५ वर्षमुनि, १४ वर्षमुनि र १२ वर्षमुनिका खेलाडीबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुनेछ । सङ्घका सचिव उदयकुमार मल्लिकले दुवै एकेडेमीका खेलाडीलाई खेल अभ्याससँगै प्रतिस्पर्धाको अवसर प्रदान गर्ने र एकअर्काबाट सिक्ने वातावरण निर्माण गर्ने उद्देश्यले सिरिज आयोजना गरिएको बताउनुभयो । प्रतियोगिताको उद्घाटन गर्दै पर्यटन व्यवसायी तथा सङ्घका मानार्थ सदस्य अमितकुमार गुप्ताले सानै उमेरदेखि बालबालिकाले क्रिकेटप्रति देखाएको रुचि सकारात्मक रहेको बताउनुभयो । अभिभावकले आफ्ना बालबालिकालाई खेल प्रशिक्षणमा सहभागी गराउनु नेपाली क्रिकेटको भविष्यका लागि महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

    नेपाल क्रिकेट सङ्घका पूर्व कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले खेलाडीले प्रशिक्षकका सुझावलाई आत्मसात् गर्दै अनुशासन र निरन्तर अभ्यासमा ध्यान दिनुपर्ने बताउनुभयो । पढाइलाई निरन्तरता दिँदै खेलकुदमा पनि उत्कृष्ट प्रदर्शन गर्न उहाँले खेलाडीलाई आग्रह गर्नुभयो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य अमृत भट्टराईले युवा खेलाडीको क्षमता विकासका लागि नियमित प्रतियोगितामा सहभागिता आवश्यक रहेको बताउनुभयो । धेरै खेल खेल्ने अवसरले खेलाडीलाई नयाँ सीप सिक्न र आफ्नो कमजोरी सुधार गर्न मद्दत पुग्ने उहाँको भनाइ थियो । कार्यक्रममा हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट एकेडेमीका व्यवस्थापक मनिषराज पाण्डे तथा रुपन्देही क्रिकेट सङ्घका कार्यवाहक अध्यक्ष खेमराजले मन्तव्य राख्नुभएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.