logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    नयाँ वर्ष सकारात्मक बनोस


    ३ बैशाख २०८० , आइतबार

    नयाँ वर्ष सकारात्मक बनोस

    कमल रायमाझी
    वि.स.२०८० को शुरुवात भएको छ । गएको बर्षमा आर्थिक मन्दी तथा देशले विभिन्न किसिमका संकटहरुको सामना गर्न परेको थियो । मानिसमा तनाव तथा नकारात्मक सोचले विभिन्न शंका गर्ने वातावरण सिर्जना भयो । देशमा संचालनमा रहेको ठुला उद्योग कलकारखानाहरुले उत्पादन गर्ने उत्पादनले पनि बजार नपाउँदा उद्योगहरु संकटमा परेको देखिन्छ । शिक्षा, स्वास्थ्य तथा रोजगारको क्षेत्रमा पनि विभिन्न समस्याहरु देखिएको छ । राज्यको अर्थतन्त्रलाई सवल बनाउने भन्सार, राजस्व तथा करहरु समयमा नउठ्दा देशले दैनिक खर्च धान्न धौधौ परेको पाईन्छ । गत आर्थिक बर्षमा राज्यले उठाउन पर्ने कर उठाउन नसक्नु र आफ्ना उत्पादन विदेशमा विक्री गर्ने सामाथ्र्य नेपाल संग नहुदाँ यस्ता समस्याहरु सधँै निम्तिने देखिन्छ । देशको अर्थतन्त्र बलियो बनाउने स्थायी संरचना नेपाल संग छैन । नेपालले आफ्ना उत्पादनहरु समेत ठुलो मात्रामा विदेशमा बिक्री वितरण गर्न सकेको छैन । देशका ठुला उद्योगीहरु केवल देश भित्रका मात्र भएको देखिन्छ । देशलाई आर्थिक सवल बनाउने व्यवसायमा लागेको व्यवसायीहरु नेपालमा निकै न्यून छन् । त्यस कारण राज्यले देशलाई लुट्ने भन्दा देशलाई सहयोग पुराउनेलाई सहयोग र पहिचान गर्न आवश्यक छ । देशमा तस्कर तथा माफिया र दलाली गरेर लाखाँै कुम्लाउने र धनी बन्नेको पक्षमा भन्दा मान्छेको पक्षमा नेपालको कानुन निर्माण हुनुपर्दछ । विशेष गरेर नेपालको अर्थतन्त्र धान्नका लागि सवैभन्दा ठुलो योगदान गर्ने अरबौंका खाडीमा पसिना बगाउने युवाहरुको पक्षमा देश हुनुपर्दछ । देशमा दलाल र तस्करको पक्ष निर्माण हुनु कानुनले हामीलाई सधैँ परनिर्भर बनाउने गर्दछ । त्यसैले नेपालको राजनीति पनि स्वनिर्भरको मार्गमा अवको दिनमा जानुपर्दछ । देशमा मानिसलाई अनुभुति हुने प्रकारको सरकारको काम कारवाही भएमा नेपाली जनतामा विगतमा देखिएको निरासा र आक्रोष मत्थर हुने थियो । देशमा देखिएको अस्वस्थ राजनीतिक संस्कारले पनि युवा शंक्तीमा नकारात्मक असर पुराएको छ । स्टनबाजी गर्नेहरुले मानिसलाई भ्रम छरिरहेका छन् । केही गर्न चाहेका मानिसहरु सधैँ ओझेलमा पर्ने गरेका छन् । त्यसकारण देशमा केही गर्न चाहने मानिसहरुलाई अवसर प्रदान गर्नु पर्दछ । नेपालमा यस्ता अवसर प्राप्त खोजेको समुदाय सम्म यहाँको कानुन र राजनीति पुग्न सकेको छैन । सधैँ खुरापात गर्नेहरुले कव्जा गरेको यहाँको आर्थिक, नैतिक, सामाजिक र राजनीतिक पक्षलाई अव इमान्दार मानिसहरुको हातमा सुम्पिने काम नेपाली जनताले गर्नु अहिलेको आवश्यकता देखिन्छ । देशमा सधैँ एकै व्यक्ति मात्र प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री र संसद बन्ने परिपाटीले गर्दा केही गर्न चाहने मानिसहरुले जनताको पक्षमा काम गर्न सकेका छैनन् । त्यसकारण एकपटक प्रयोगमा आई कामयाप हुन नसकेका मानिसहरुलाई विस्तापित गर्ने जिम्मा पनि नेपाली जनताको हो । त्यसैले वर्ष २०८० लाई देशको उर्जा, उत्पे्रणा र समृद्धको बर्ष बनाउनका लागि सवैले आ आफ्नो क्षेत्रबाट भुमिका खेल्नु पर्दछ । नेपाललाई आर्थिक समृद्धि र संघीयता कार्यान्वयनको पक्षमा हिडाउनका लागि सवै नेपाली जनता एकमतका साथ हाम्रालाई भन्दा राम्राको पक्षमा वकालत गर्नु पर्दछ । अनि मात्र देश विकास हुने छ । त्यसैले देशमा युवा र योग्य शक्तिको पक्षमा काम गर्न हामी सवैलाई आग्रह गर्दछाँै ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.