रेटी इन्ष्टिच्युट भैरहवाको उत्कृष्ट, गुणस्तर र पुरानो संस्था
रुविना थापा । लुम्बिनीखबर
सिद्धार्थनगर, ७ भदौ । रुपन्देहीको भैरहवामा रहेको रेटी इन्ष्टिच्युटले विगत १० वर्ष देखि निरन्तर गुणस्तरीय शिक्षा दिदै आएको छ । अहिले रेटीले एउटै छानामुनी विभिन्न विषयका तयारी कक्षाहरु संचालन गदै आएको छ ।
रेटी इन्ष्टिच्युट २०६९ सालमा स्थापना भई नियमित रुपमा संचालनमा आएको देखिन्छ ।
रेटी भैरहवा क्षेत्रको सबै भन्दा पुरानो र गुणस्तरीय शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको रुपमा स्थापित हुन पुगेको छ ।
अहिले विद्यार्थीहरु निजामति र लोकसेवा तर्फ आकर्षण बढेको देखिन्छ । विद्यार्थीहरुमा हरेक क्षेत्रको सेवा तर्फ बढेको आकर्षणलाई मध्यनजर गरेर तयारी कक्षा विगत लामो समयदेखि संचालन गर्दै आइरहेको रेटीका संचालक कृष्ण कुमार जयसवालले बताउनुभयो ।
विद्यार्थीहरुको चाहना र आवश्यकता कै आधारमा कक्षा संचालन गरी रेटी इन्ष्टिच्युट क्षेत्रमा नै उत्कृष्ट नतिजा ल्याउने सफल संस्थाको रुपमा स्थापित हुन पुगेको छ ।
रेटी स्थापना समयदेखि नै निरन्तर विद्यार्थीलाई गुणस्तरीय शिक्षाका लागि प्याकेज अनुसारका उत्कृष्ट शिक्षकद्वारा अध्यापन गराउदै आएको छ ।
विविध किसिमका भाषा, कम्प्यूटर, निजामति सेवा, लोक सेवा, शिक्षक अध्यापन अनुमति पत्र, टिउसन कक्षा लगायतका प्राविधिक तथा अप्राविधिक तर्फका कक्षाहरु निरन्तर चलिरहेको संचालकले बताउनुभयो ।
रेटीमा काोरियन भाषा, जापानिज भाषा, अंग्रेजी भाषा र कम्प्यूटर कक्षाहरु निरन्तर नियमित चलिरहेको हुन्छ भने केही कक्षा टिउसन क्लास, निजामति तथा लोकसेवो र शिक्षक सेवा तर्फका कक्षाहरु विज्ञापनको आधारमा संचालन हुने जयसवालले जानकारी दिनुभयो ।
वोर्ड परीक्षा दिएर बसेका विद्यार्थी आफनो खाली समय सदुपयोग गर्न र प्राविधिक तथा अप्राविधिक क्षेत्रका शिक्षामा प्रवेशका लागि र विभिन्न क्षेत्रले खुलाएको छात्रवृतिमा यहाँका हजारौँ विद्यार्थी नाम निकाल्न सफल भएको जयसवालले जानकारी दिनुभयो ।
रेटीका प्रमुख विशेषतालाई हेर्दा सर्बप्रथम विशेष गुणस्तरीय प्रशिक्षक द्वारा अलग अलग विषयमा, समुहगत रुपमा कार्य गर्दै आएको, आफू स्वयं, व्यवस्थापक र शिक्षक भएकोले नियमित विद्यार्थीको उपस्थिति, नियमित परीक्षा, साप्ताहिक परीक्षा, नोट्स उपलब्ध गराउन, फिडव्याक, शैक्षिक सामग्रीको प्रयोग, विभिन्न मोडेल सेट, सम्पूर्ण कक्षाहरु तोकिएको समयमा संचालन, फारम भर्न देखि विभिन्न सुचना जानकारी गराउन जस्ता कार्यगरी परीक्षाका लागि पूर्ण तयारी गराउदै आएको जयसवालको भनाई रहेको छ ।
लुम्बिनी प्रदेशमा नै एउटै छानामुनि तयारी कक्षा देखि टिउसन क्लास सम्म संचालन गर्ने संस्थाको रुपमा रेटी स्थापित भएको जयसवालले बताउनुभएको छ ।
भैरहवा क्षेत्रमा खुलेको विभिन्न इन्ष्टिच्युटहरु मध्ये यो सबै भन्दा पुरानो , विश्वासिला र गुणस्तर इन्ष्टिच्युटको रुपमा स्थापित भएको छ । जयसवालले भन्नुभयो–“कुनै विषय पढाउने शिक्षक प्रति विद्यार्थीलाई चित नबुझेमा तुरुन्तै हटाएर अर्को ल्याउँछु । किनभने यो संस्था संचालन गर्नुको पछाडी फाईदामुखि मात्र नभएर रेटीको बजारमा नाम र सम्मान समेत रहेको छ ।”
जयसवालले भन्नुभयो “रेटी स्थापना देखि कतिपय खुलेर बन्द भए तर रेटी स्थापित नै छ । यसको पछाडि रेटीले दिएको गुणस्तर नै हो ।”
सुरुमा संचालन गर्न एकदमै कठिन थियो तर अहिले केही सजिलो भएको छ । विद्यार्थी रेटीमा तयारीको लागि आउनु वाध्यता नभएर रेटीले दिएको गुणस्तर हो । रेटीमा ब्रिजकोर्स, सिटीइभिटी, स्टाफ नर्स लगायतका विभिन्न प्याकेजमा हजारौँ विद्यार्थी छात्रवृतिका लागि सिफारिस भएका छन् । यही गएको वर्ष ७ जना स्थायी शिक्षकका लागि नियुक्त भएका छन् भने सय प्रतिशत लाईसेन्स परीक्षा पास भएको नतिजा देखिएको संचालक जयसवालले बताउनुभयो । २५ जना विद्यार्थी फुल स्कार्लसिपमा नाम निकाल्न सफल भएका छन् ।
रेटी इन्ष्टिच्युट भैरहवा खुलेको हुनाले नजिकका विद्यार्थीहरु सजिलो छ तर टाढाका विद्यार्थीहरुलाई गाह्रो रहेको छ । कोरोनाको समयमा केही समय सम्म अनलाईन कक्षा संचालन गरेको हुँदा केही मात्रामा अनलाइन कक्षाको नतिजालाई हेर्दा राम्रो देखिन्छ ।
रेटीले कोरोनाको समयमा अनलाईन मार्फत कक्षा संचलन गर्दा नाफा नभएपनि केही कुरा सिक्ने मौका समेत पाएको बताएउनुभयो । अगामी दिनमा रेटीमा संचालित तयारी कक्षाहरु संचालनका लागि आफनै एप बनाने तयारीमा रहेको छ । जसबाट सिमित तयारी कक्षा असिमित क्षेत्र सम्म पुर्याउने अगामी योजना रहेको जयसवालले बताउनुभयो । यसबाट कुनै पनि विद्यार्थीले शिक्षाबाट वन्चित हुन नपाउने र नेपालको हरेक कुना काप्चामा बसेका व्यक्तिहरुले तयारी कक्षामा सहभागी हुन पाउन भन्ने उद्देश्य राखेर योजना बनाएको जयसवालले बताउनुभयो ।
भौतिक रुपमा कक्षा संचालनका लागि केही आफनै पुस्तक प्रकाशन भएको र अरु क्षेत्रका पुस्तकहरु प्रकाशन गर्ने, भौतिक व्यवस्थापन लगायतका अन्य विविध पक्षहरु गुणस्तरीय बनाई भौतिक कक्षालाई अझै व्यवस्थित बनाई अझै उत्कृष्ट नतिजाका लागि अगामि योजना रहेको संचालक जयसवालले बताउनुभयो ।
केही इन्ष्टिच्युटहरु नाफामुखि छन् किनभने उनीहरु सधैंभरी चलिरहने कक्षाहरु मात्र संचालन गरेको हुन्छन् । जस्तै भाषा, कम्प्यूटर, टिउसन क्लास लगायतका क्लासहरु मात्र संचालन गरेका बताउनुभयो ।
इन्ष्टिच्युटमा नाफा र घाटा विद्यार्थीको संख्याको आधारमा हुने गर्दछ । कतिपय अवस्थामा घाटा भएपनि कक्षा संचालन गर्नु पर्ने संचालकले जानकारी दिनुभयो । जस्तै केही विद्यार्थीहरु लोकसेवा वा निजामति तर्फको पहिलो परिक्षामा सबै पास नभएमा ५ वा ७ जना भएपनि कक्षा संचालन गर्नु पर्ने हुन्छ । त्यो समयमा घाटा नै हुन्छ किनकि शिक्षकले आफनो परिश्रमिक सम्झौता कै आधारमा माग गर्दछ ।
रेटी इन्ष्टिच्युटमा सिकारुका लागि न्यूनतम शुल्क, गुणस्तरीय शिक्षक, आफै प्रकाशन गरेको पुस्तक, महत्वपूर्ण प्रश्न, मोडल सेट, दैनिक परीक्षा, साप्ताहिक परीक्षा, मसिक परीक्षा, विभिन्न नोटहरु लगायतका विशेष सुविधा रहेको संचालक जयसवालले बताउनुभयो ।
साथै रेटीमा सामुदायिक विद्यालयका गरीब, दुःखी, असहाय, विपन्न, आर्थिक अवस्था कमजोर भएका कतिपय विद्यार्थीहरुलाई हरेक वर्ष निःशुल्क तयारीका लागि सहभागी गराई पूर्णछात्रवृतिका नाम निकाल्नमा सफल बनाएको संचालकले जनाउनुभयो ।
रेटीमा पुनः तयारी गर्न चाह्नेहरुका लागि लाग्ने शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था रहेको र केही तयारी कक्षा पुनः तयारी गर्न चाहेमा सय प्रतिशत छुटको व्यवस्था रहेको संचालक जयसवालले बताउनुभयो ।