रुविना थापा । लुम्बिनीखबर
भैरहवा, असोज । लियो क्लब अफ सिद्धार्थनगर बोहेमियन्सले श्री सत्य साई वृद्ध आश्रम शान्तिनगरमा दशंैको अवसरमा राहत सामग्रीका साथै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सामाजिक क्षेत्रमा काम गर्दै आएको क्लबले दशैंको शुभ अवसर विहिवार एक कार्यक्रमको आयोजना गरि शुभकामना आदान प्रदान गरेको हो ।
क्लबले आश्रममा खानाका विभिन्न परिकारहरु पकाई क्लबका सदस्य तथा आश्रममा बसेका वृद्धवृद्धा आमाबुबाहरुले खाना ग्रहण गरेको अध्यक्ष सृजना कुँवर क्षेत्रीले जानकारी दिनुभयो ।
क्लबले आफनो वार्षिक योजना अनुसार सामाजिक कार्यलाई विशेष ध्यानमा राखि चाडपर्वको अवसरमा आश्रममा बसेका वृद्धवृद्धा आमाबुबाहरुसंग अध्यक्ष कुँवरले बताउनुभयो ।

क्लबले आफै समान ल्याई खाना ग्रहण र दशैंको टिका आमाहरुले लगाई शुभकामना आदानप्रदान गरिएको अध्यक्ष कुँवरले बताउनुभयो ।
कार्यक्रम गण्डकी प्रदेश सभा सांसद माननीय द्रोण कुमार कुँवरको प्रमुख अतिथ्यतामा गरिएको थियो भने विशिष्ट अतिथी लियो जिल्ला ३२५ पी नेपालका जिल्ला अध्यक्ष श्रद्धा कुँवरका साथै २२ जना वृद्धवृद्धाको उपस्थितिमा हर्सोल्लासका साथ शुभकामना आदानप्रदान कार्यक्रम गरिएको संयोजक अरुणा जनान्धरले जानकारी दिनुभयो ।