रुबिना थापा । लुम्बिनीखबर
भैरहवा, ४ असोज । श्री नेपाल बहुमुखी सहकारी संस्था लि.ले २२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बिहीबार भैरहवामा एक कार्यक्रमको आयोजना गरी २२औँ वार्षिक साधारण सभा भव्यताका साथ मनाएको हो ।
डिभिन सहकारी कार्यालय रुपन्देहीमा २०५४ कात्र्तिक २७ मा दर्ता भई विभिन्न कारणले निष्किय रहेको यो संस्था २०६३ मा सम्पन्न चौथो साधारण सभा पछि कारोवार आरम्भ गरेको हो । यो संस्थाले २०६३ सालदेखि बचत तथा ऋणको कारोबार गर्दै आएको छ । यस संस्थाले २०६७ सालदेखि नेपाल सरकारको नीतिअनुसार रुपन्देही जिल्ला भरी अनुदानको मलखाद बिक्री वितरण गर्दै आएको छ ।
संस्थाको उद्देश्य बमोजिम २०७३ असारदेखि विन्ध्यबासिनी आध्यात्मिक संघको नाममा सिद्धार्थनगर नगरपालिका वडा नं.–९ मा रहेको करिब चार बिगा जग्गा भाडामा लिई कागति तथा तरकारी खेती समेत गर्दै आएको सहकारीका अध्यक्ष भानुभक्त पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, –‘सिद्धार्थनगर नगरपालिकाको ५० प्रतिशत लागत अनुदानमा लगाइएका २५ सय कागतीको बिरुवा सुन कागती भनेकोमा अन्य कागती पर्न गई राम्रो फल नदिएकोले नगरपालिका मार्फत सम्बन्धित नर्सरीमा क्षतिपूर्तिको समेत माग गरिएको छ भने मौसमी रुपमा तरकारी उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।’
आर्थिक जोखिम न्यूनीकरण गर्न, जिविको उकास्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ, छरिएर रहेको पूँजी, स–सानो पूँजीलाई एकत्रित गरी सामुहिकतामा व्यवसायिकता खोज्न सक्यौ भने मुलुकको आर्थिक विकासमा सहकारी पुग्न सक्ने अध्यक्ष पौडेलले बतमउनुभयो ।
नेपालमा रहेका केही सहकारी संस्थाहरु अन्तर्राष्ट्रिय मुल्य, मान्यता, सिद्धान्त र मापदण्ड अनुसार नचलेको कारण एउटा उद्देश्य राखेर स्थापना गरिएको तर त्यसको विपरित कार्य गर्दा कतिपय सहकारी संस्थाहरु डामाडोल भएको बताउनुभयो ।
सञ्चालक, कर्मचारीहरुको मनोमानी लगायतका कार्यले सुशासनमा रहेर कार्य सञ्चालन नगर्दा अरु सबै सहकारी संस्थाहरुलाई समेत असर परेको देखिन्छ । यसको न्यूनिकरणको लागि गलत कानून विपरित काम गर्ने जोकोहीलाई पनि कारबाही गर्नुपर्ने अध्यक्ष पौडेलको भनाई छ ।
कार्यक्रममा सहकारीका सचिव श्री रायमाझीले कृषकहरुको हितलाई ध्यानमा राखि सजिलो र सुलभ तरिकाबाट कृषकहरुलाई कृषि सामग्रीहरु उपलब्ध गराउने उद्देश्यले सहकारीको स्थापना भएको बताउनुभयो । रुपन्देही जिल्लाको विभिन्न क्षेत्रमा बसोबास गर्दै आइरहेका कृषकहरुको उत्थानका साथै दिगो कृषि सामग्री उपलब्ध गराई विकास र विस्तार गर्ने बताउनुभयो ।
संस्थाका सदस्यहरुब्ँट संकलित मासिक बचत तथा शेयरको रुपमा प्राप्त रकम आफ्नै सदस्यहरुलाई आवास निर्माण गर्न, घर व्यवहार चलाउन, शिक्षा, औषधीउपचार, कृषि कार्य तथा अन्य विभिन्न व्यवसाय संचालनको लागि ऋण प्रवाह गर्दै आइरहेको सहकारीका सचिव रायमाझीले बताउनुभयो ।