रुबिना थापा
भैरहवा, १२ भदौ । श्री सत्य साई वृद्धाआश्रम भैरहवामा रहेका वृद्धवृद्धाहरुलाई आर्ट अफ लिभिङ्ग भैरहवा शाखाले तीज विशेषको अवसर पारेर दर खुवाउने कार्यक्रम राखेको छ ।

मंगलबार संस्थाले आश्रम पुगेर १७ जना वृद्धवृद्धाहरुलाई दर खुवाएको हो । आर्ट अफ लिभिङ्ग भैरहवाका प्रशिक्षक सुधा कार्की थापाको नेतृत्वमा गएको आर्ट अफ लिभिङ्गको टोलीले वृद्धा आश्रममा पुगेर दर खुवाउनका साथै आश्रममा आवश्यक सामाग्री सहयोग गरेको श्री सत्य साई वृद्ध आश्रमका अध्यक्ष माया खरालले जानकारी दिनुभयो ।

‘ सेवा नै धर्म’ हो भन्ने उद्धेश्यका साथ सामाजिक क्षेत्रमा कृयाशिल रहेको आर्ट अफ लिभिङ्गको टोलिले बृद्ध आश्रममा रहेका बृद्ध आमाबाबा संग नाचगानका साथै मनोरञ्जनात्मक कार्यक्रम पनि गरेको आर्ट अफ लिभिङ्गका प्रशिक्षक कार्कीले जानाकारी दिनुभयो ।
आर्ट अफ लिभिङ्गको तर्फबाट प्रमोद सिंह पहाडी, तिल कुमारी गुरुङ, निशा गुरुङ, अदिति प्रिन्सेस, नितु अग्रवाल लगायतको सहभागी रहेको थियो ।