शहबाज खान । लुम्बिनीखबर
कपिलवस्तु, २१ पुस । कपिलवस्तुको कृष्णनगरमा स्थानीय अवधी सांस्कृतिक गीत संगीत संरक्षण संवर्धनको लागि अवध जागरण मीडिया प्रा।लिको आयोजना तथा कृष्णनगर नगरपालिका वडा ९ को सहयोगमा एक कार्यक्रम सम्पन्न भको छ। कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहले अवधी भाषा संरक्षणका लागि आगामी आर्थिक बर्षमा रकम विनियोजन गर्ने बताउनुभयो ।
जिल्लाको बहादुरगंजमा स्थानीय अवधी लोक साँस्कृतिक, गीत संगीत संरक्षण सम्बर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाहले भन्नुभयो “अवधी भाषा कय हम संरक्षण करब, आप सबलोग साथ दिहा जाय ।” नगरप्रमुख शाहले अवधी भाषामा कार्यक्रमलाई सम्बोधन गर्दै भने मर्यादा पुरुषोत्तम राम जी पनि अवध क्षेत्रका थिए वहां पनि अवधी भाषा कै प्रयोग गरेका थिए। अवधी भाषा संरक्षण गर्न तत्पर रहेको नगरप्रमुख शाहले बताउनु भयो।

संरक्षण सम्बर्द्धन कार्यक्रमलाई सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल अवधी पत्रकार संघका केन्द्रिय उपाध्यक्ष सनिउल्ला धोबीले भाषा आयोगले निर्धारण गरेको निति स्थानीय तहले अवलम्बन गर्नु पर्ने बताउनुभयो ।
केन्द्रिय उपाध्यक्ष धोबीले भन्नुभयो “स्थानिय तहले भाषा सम्बन्धि निति नबनाउदा चलन चल्तीमा अवधी भाषा नआउँदा जनप्रतिनिधिबाट नै हामी ठगिएका छौँ ।”
स्थानीय अवधी लोक साँस्कृतिक, गीत संगीत संरक्षण सम्बर्द्धन कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले अवधी भाषा संरक्षण गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा त्यस क्षेत्रका स्थानिय अवधी भाषी कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेको अवध जागरण मिडियाका अध्यक्ष निरहु यादवले जानकारी दिनुभयो । स्थानिय कलाकारहरुले धोबियवा, कहरवा, फगुवा, चैता, कजरी, सोहर, बिवाह लगायतका गित गाएका थिए ।