logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    मोगलहा मा.वि.मा अभिभावक भेला, व्यवस्थापन समिति चयनका लागि निर्वाचन हुने


    २५ माघ २०८१ , शुक्रबार

    मोगलहा मा.वि.मा अभिभावक भेला, व्यवस्थापन समिति चयनका लागि निर्वाचन हुने

    अन्जना चौहान/लुम्बिनी


    माघ २५ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ११ स्थित श्री मसिना बाबा नरेन्द्रपुरी मोगलहा माध्यमिक विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ। भेलामा सर्वसम्मतिले विद्यालय व्यवस्थापन समितिका चार सदस्य छनोट गरिएका छन्। तर, अन्य पदमा सहमति नजुटेकाले अभिभावककै सहमतिमा निर्वाचन गरिने निर्णय गरिएको छ।

    विद्यालयका प्रधानाध्यापक जयराम गुप्ताका अनुसार अभिभावक नामावली प्रकाशन माघ २५ गते गरिनेछ। उमेदवारी दर्ता माघ २७ गते हुनेछ भने उम्मेदवारहरूको नामावली प्रकाशन फागुन २ गते हुनेछ। मतदान भने फागुन २ गतेकै दिन हुने तय गरिएको छ।

    भेला कार्यक्रममा स्वागत मन्तव्य विनोद यादले गीतमार्फत व्यक्त गरेका थिए। लुम्बिनी साँस्कृतिक नगरपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मी पराजुलीले विद्यालय व्यवस्थापन सदस्य छनोट प्रक्रिया सम्बन्धी स्पष्ट जानकारी गराएकी थिइन्। विद्यालयमा हाल ६२० जना अभिभावक रहेको जानकारी दिइएको छ।

    यो पनि पढ्नुहोस् ।

    लुम्बिनीमा एचपीभी खोप अभियान सञ्चालन

    अभिभावक भेलाको अध्यक्षता शिक्षा शाखा प्रमुख लक्ष्मी पराजुलीले गरेकी थिइन्। प्रमुख अतिथिकारूपमा वडा नं. ११ का वडा अध्यक्ष अकरामुद्दीन मुसलमानको उपस्थिति रहेको थियो। विशिष्ट अतिथि अभिभावक संघका अध्यक्ष अम्बिका प्रसाद बरई, अतिथि अब्दुल रहिमान मुसलमान, पूर्व विद्यालय व्यवस्थापन सदस्य लालमन पासी, काशीराम बरई, बाल ज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक रामचन्द्र कुर्मी, व्यवस्थापन अध्यक्ष जुम्मन खान, निवर्तमान अध्यक्ष धनश्याम यादव, राजेन्द्र कहार, शान्ति लोनिया र राधिका लोध लगायतको विशेष उपस्थिति रहेको थियो।

    कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, वडा सदस्य शिव प्रकाश यादव, स्वास्थ्य चौकी इन्चार्ज बुद्धनाथ बरई, नगर प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिको निर्वाचनलाई थप व्यवस्थित गर्न महत्वपूर्ण निर्णय गरेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.