logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह काशी नोवल एकेडेमीलाई


    ७ फाल्गुन २०८१ , बुधबार

    अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह काशी नोवल एकेडेमीलाई

    रुबिना थापा । लुम्बिनीखबर
    मायादेवी, ७ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका अन्तर्गत भैरहवामा रहेको काशी नोबल एकेडेमीले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेको छ ।
    बुधबार एक कार्यक्रमको आयोजना गरि एकेडेमीलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्हको लोगो हस्तान्तरण गरेको हो ।
    ग्लोबल क्वालिटी काउन्सिलले काशीलाई उक्त चिन्ह सहित आईएसओ प्रमाणित गरेको हो । काशीेले शैक्षिक गुणस्तरका साथै आवश्यक मापदण्ड पुरा गरेको हुँदा आईएसओ चिन्ह प्रदान गरिएको ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रमुख सुदीप शर्माले बताउनुभयो ।
    काशी नोवल अन्य विद्यालयको तुलनामा विद्यालयको प्रशासनिक रुपमा उत्कृष्ट रहेको छ । विद्यालयले प्रदान गरिरहेका सेवाहरु अरु विद्यालय भन्दा फरक र सेवाग्राहीहरु प्रति संवेदनशील रहि गुणस्तरिय सेवा प्रदान गर्ने विषय आईएसओले प्रमाणित गर्ने ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रमुख शर्माले बताउनुभयो । पहिलो चरणमा विद्यालयले गरेको प्रयास अनुसार चिन्ह प्राप्त गरेछ तर यसलाई निरन्तरतामा राखि थप गुणस्तरीय बनाउन अब्बल सावित होस् भन्दै ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रमुख शर्मा ले शुभकामना दिनुभयो । शर्माका अनुसार शैक्षिक संस्थाले लोगो प्राप्त गरेको छ । यसका साथै विद्यालयको काँधमा थप जिम्मेवारी थपिएको हो र त्यसैलाई ध्यानमा राखि विद्यालयको भौतिक, शैक्षिक, प्रशासनिक आदि पक्ष निरन्तरता दिनुपर्छ । अध्यक्ष शर्माले भन्नुभयो, अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरणको पहिलो चरण भएकोले यसलाई कायम राख्न शिक्षक कर्मचारी संगै अभिभावक र विद्यार्थीहरुको भूमिका पनि महत्पवूर्ण रहेको छ ।


    २०५२ सालमा स्थापना भएको काशी नोबल एकेडेमी लगातार गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । काशी नोवल एकेडेमीमा १ हजार ५४३ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् भने १ सय १७ जना शिक्षक तथा कर्मचारीहरु रहेको विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले बताउनुभयो ।


    काशी नोबल एकेडेमीका प्राचार्य घिमिरेले भन्नुभयो, –“यस विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थी चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलापलाई पनि निरन्तरता दिदैं आएको छ । ”
    कार्यक्रममा काशी नोबल एकेडेमीका अध्यक्ष ओम जैसीको अध्यक्षता, रुपन्देही प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको प्रमुख अतिथ्यता, सिद्धार्थनगर नगर पालिकाकी शिक्षा अधिकृत जान्हवी पाण्डे लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने विद्यालयका सहायक प्राचार्य श्री रायमाझीको संचलनमा सम्पन्न भएको हो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.