logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    मिश्रौलियाको दुर्गा मन्दिरमा हनुमान चालिसा वाचन तथा पुस्तक वितरण


    ७ जेष्ठ २०८२ , बुधबार

    मिश्रौलियाको दुर्गा मन्दिरमा हनुमान चालिसा वाचन तथा पुस्तक वितरण

    लुम्बिनीखबर
    सिद्धार्थनगर, जेठ । भैरहवाको मिश्रौलियामा रहेको नव दुर्गा मन्दिरमा हनुमान चालिसा वाचन तथा पुस्तक वितरण कार्यक्रम सम्पन्न भएको छ ।
    मंगलवार (हिजो) मन्दिरको परिसरमा एक कार्यक्रमको आयोजना गरि हनुमान चालिसा बाचन तथा पुस्तक वितरण गरिएको हो ।


    विश्वजगतमा बढ्दै गएको अमानवीयता, विरामी तथा कठिनाइलाई न्यून गर्नका लागि अर्थात छुटकारा पाउन, विश्व कल्याणका लागि धार्मिक कार्यक्रम तथा पुजन अर्चन गर्न जरुरी रहेको मन्दिरका अध्यक्ष सन्त प्रकास कुर्मीको विश्वास रहेको बताए ।

    कार्यक्रममा मन्दिरका कार्यमा सहयोग गरेका सहयोगी दाताहरुलाई सम्मान गरिएको थियो भने हरेक महिनाको पहिलो हप्ताको मंगलवारका दिन हनुमान चालिसा पाठ लाई निरन्तरता दिने मन्दिरका अध्यक्ष सन्त प्रकास कुर्मी बताएका थिए ।
    मन्दिरका अध्यक्ष सन्त प्रकास कुर्मीका अनुसार,–“ धेरै हिन्दुहरू दैनिक धार्मिक समारोहहरूमा भाग लिन्छन् जस्तै पूजा, कीर्तन, भजन, शास्त्रहरूको पठन, प्रार्थना, मन्त्र, धार्मिक गीत गाउने गरेको पाइन्छ । यही विषयलाई ध्यानमा राखि मन्दिरमा यो कार्यक्रमको आयोजना गरिएको हो ।”


    उक्त कार्यक्रममा २ सय भन्दा बढी श्रद्धालुभक्तजनहरुको सहभागीता रहेको थियो भने सय भन्दा बढी हनुमान चालिसा पुस्तक वितरण गरिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.