logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    भैरहवाको केही स्पाहरुमा अवैध धन्दा बढ्दो


    २२ जेष्ठ २०८२ , बिहिबार

    भैरहवाको केही स्पाहरुमा अवैध धन्दा बढ्दो

    लुम्बिनीखबर

    अनुगमनपछि ३ स्पा बन्द

    भैरहवा, जिल्ला अनुगमन समिति, रुपन्देहीले भैरहवामा मसाज सेन्टर ९स्पा० अनुगमन गरेको छ । समितिले सिद्धार्थनगर नगरपालिका–१३ का ७ वटा स्पा सेन्टरहरु अनुगमन गरेको हो । अनुगमनका क्रममा कानून विपरीतका कार्य गरेको पाइएपछि तीनवटा तत्कालका लागि बन्द गरिएको छ । यस्तै, दुईवटा स्पा नगरपालिकामा दर्ता नभएको पाइएपछि एकहप्ता भित्र दर्ता गर्न निर्देशन दिइएको जिल्ला अनुगमन समितिका संयोजक समेत रहेका रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले जानकारी दिए ।

    यस्तै, दुईवटा स्पा भने मापदण्ड अनुसार चलेको पाइएको छ । अनुगमन समितिले बन्द गरेका स्पाहरुमा बसपार्कको स्टार स्पा, नयाँ सडकको न्याचुरल आयुर्वेद स्पा एण्ड पार्लर र नेशनल स्पा छन् । यस्तै, कोहिनुर स्पा र द लीला स्पालाई एक हप्ता भित्र सिद्धार्थनगरमा दर्ता गरी प्रशासनलाई जानकारी दिन निर्देशन दिइएको छ ।

    अगुमन समितिले मुन रिफ्रेस स्पा र लक्स स्पा भने मापदण्डअनुसार चलेको पाइएको जनाएको छ । जिल्ला प्रशासनमा स्पाहरुमा अवैध गतिविधि भइरहेको उजुरी परेपछि अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रानाले जानकारी दिए । उनले बन्द गरिएका स्पाहरुलाई कानून अनुसार कारबाही गरिने जनाए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.