logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    प्रहरीद्वारा २२ लाख बढीको अवैध सामान र ढुवानीका साधन बरामद


    ५ असार २०८२ , बिहिबार

    प्रहरीद्वारा २२ लाख बढीको अवैध सामान र ढुवानीका साधन बरामद

    लुम्बिनीखबर
    भैरहवा, ५ असार । भैंसी, पाडापाडी, बोइलर कुखुरादेखि कपडासम्मका साढे २२ लाख रुपैयाँ भन्दा धेरै मूल्यका अवैध सामान र ढुवानीमा प्रयोग भएका साधन प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देही र मातहतका विभन्न प्रहरी इकाइले सामान बरामद गरेका हुन् ।
    रुपन्देही प्रहरीका अनुसार ती सबै सामान रुपन्देहीका विभिन्न स्थानमा खटिएका प्रहरी टोलीले चेकजाँचका क्रममा बरामद गरिएको हो । भन्सार तथा राजश्व छलि गरि अवैध रुपमा ओसारपसार गरिएको दावी प्रहरीको छ ।
    जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले तिलोत्तमा नगरपालिका–११ बस्ने बर्ष ३५ का दीलिप परियारले चलाएको लु २ च ९०९८ नम्बरको छोटा हात्तीमा २ पाडा नियन्त्रणमा लिएको थियो । उक्त टोलीले तिलोत्तमा नगरपालिका–१७ बस्ने बर्ष २४ को गोबिन्द चौधरीले चलाएको लु २ च ३६५० नम्बरको पिकअप गाडीमा २ वटा भैंसी र १ वटा पाडा बरामद गरेको थियो । तिलोत्तमा–१० बस्ने ४३ वर्षीय अब्दुल कासिम र रुपन्देहीको कंचन–२ का १९ वर्षीय दिवाकर थारुलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
    प्रहरी टोलीले सिद्धार्थनगर–८ बाट वडा नं. १३ का प्रविन बर्मा बढईले चलाएको लु ४८ प ९३३५ नम्बरको मोटरसाइकलबाट कुलर १ वटा, जुत्ता १ सय ३० जोर, लोट्स कम्पनीको क्रिम ५७ पिस, फलफूल १ कार्टुन बरामद गरेको छ ।
    रुपन्देहीको रोहिणी–४, सेमरहवाबाट सोही ठाउँका वर्ष २० का जहरुदिन धुनियाले चलाएको लु २२ प ४७९ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको बोइलर कुखुरा २० पिस र मोटरसाइकलसहित बरामद भएको छ । इलाका प्रहरी कार्यालय, बेलहियाले बेलयिहयाको वाइपासबाट १ लाख भन्दा धेरै मूल्यको वेवारिसे अवस्थामा रहेको किराना सामान तथा कष्टमेटिक सामानहरु बरामद गरेको छ ।
    प्रहरी चौकी मर्यादपुरले कोटहीमाई गाउँपालिका वडा नं. ३ त्रिलोकपुर, पर्सहवाबाट शुद्धोधन–५ बस्ने वर्ष २४ का रामु बनियाँले चलाएको लु २९ प ६५८५ नं. को मोटरसाइकलबाट भन्सार छलि गरि ल्याउँदै गरेको झण्डै ७० हजार रुपैयाँ मूल्यको कपडा र ३ बोरा मटर दाल बरामद गरेको छ ।
    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी सुरज कार्कीले बरामद गरिएका सामान तथा सवारी साधन र व्यक्तिलाई भैरहवा भन्सार कार्यालय र पशु क्वारेन्टाइन कार्यालयमा पठाइएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.