logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    ओमसतिया तेक्वान्दो क्लब गठन -२०८२


    २३ असार २०८२ , सोमबार

    ओमसतिया तेक्वान्दो क्लब गठन -२०८२

    राकेश कोहार।लुम्बिनीखबर

    ओमसतिया, २३ असार। रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं -४ मा तेक्वान्दो क्लब गठन भएको छ।

    शनिवार ओमसतियामा एक कार्यक्रमको आयोजना गरी क्लब गठन गरिएको हो। स्थनीय स्तरमा सामुदायिक विकास, खेलकुद प्रवर्द्धन र युवाहरूलाई शारीरिक तथा मानसिक रूपमा सशक्त बनाउन उद्देश्यका साथ गठन भएको हो । 

    क्लब युवा समूह, सामाजिक कार्यकर्ता वा खेलकुद उत्साहीहरूको संयुक्तमा गठन भएको आयोजकले जनाएको छ। 

    क्लब गठन गर्नुको उद्देश्य तेक्वान्दो प्रशिक्षण, प्रतियोगिता आयोजन र सामाजिक जागरूकता अभियानहरू सञ्चालन गर्नु हो।  

    उक्त कार्यक्रमबाट अध्यक्षमा रामु हरिजन, उपाध्यक्षमा बृजेश चमार, सचिवमा शिवचरण मल्लाह, कोषाध्यक्षमा सूरज कुमार हरिजन, सदस्यमा सन्ध्या यादव, माया कुमारी कोहार, मनोज हरिजन, धीरेन्द्र प्रसाद लाेध र शैलेजा कहाँर सहितको नौं सदस्यीय कार्यसमिति सर्वसम्मत पारित गरिएको हो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.