ज्ञानेश्वर सहानी। लुम्बिनीखबर
नवलपरासी, ३० असार ।पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत एक महिना नबित्दै दुई जना फरार भएका छन्रं। जसमा रञ्जीत यादव लाखौँ रुपैयाँ घुस लिई फरार भएको सेवाग्राहीहरुको आरोप छ।
सेवाग्राहीहरूका अनुसार यादवले भुक्तानी प्रक्रियामा १५ प्रतिशत कमिसन अनिवार्य बनाएर मात्र काम अघि बढाउने गरेका थिए।
गाउँपालिकामा यादवले आफ्नो कार्यभार सम्हालेपछि केही समय सेवाग्राहीहरूमा आशा जागेको थियो। तर त्यो अपेक्षा छोटो समयमै निराशामा परिणत भयो।
सेवा प्रवाहका क्रममा उनले घुस लिने प्रथा सुरु गरे र जसले कमिसन बुझायो, उसकै मात्रै काम अघि बढाइयो भने बाँकीको काम रोकिएको सेवाग्राहीहरुको भनाई छ।
स्थानीय स्रोतका अनुसार आर्थिक वर्ष २०८१/०८२ को आषाढ २४ र २५ गते गाउँपालिकामा औपचारिक उपस्थित भए पनि यादवले कार्यालयको नियमित प्रक्रिया पालना नगरी सीमित कर्मचारीमार्फत गोप्यरुपमा घुस असुली गर्न थाले। उनले दुई दिनमै लाखौं रुपैयाँ घुस संकलन गरेको र त्यसपछि सम्पर्कविहीन बनेको बताउछन्।
पूर्व प्रमुख प्रशासकीय अधिकृत बृज किशोर प्रसादको सरुवापछि आएका यादवको यस किसिमको गतिविधिले गाउँपालिकामा अस्थिरता ल्याएको छ। सेवाग्राहीहरू अहिले आफू ठगिएको भन्दै आक्रोशित छन् र घटनाको छानबिनको माग गरेका छन्। अहिले करौडौं भन्दा बढीको भुक्तानी भएको छैन्।