logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    भैरहवा- लुम्बिनी सडक खण्डमा कार दुर्घटना, ब्रेक फेल हुँदा अनियन्त्रित


    १७ भाद्र २०८२ , मंगलबार

    भैरहवा- लुम्बिनी सडक खण्डमा कार दुर्घटना, ब्रेक फेल हुँदा अनियन्त्रित

    लुम्बिनीखबर

    सिद्धार्थनगर, १७ भदौ । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं. १ गुरवनियामा मंगलबार (आज) बिहान कार दुर्घटना भएको छ।

    भैरहवाबाट तौलिहवा तर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१-००१-झ ००२१ नम्बरको कार अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

    इलाका प्रहरी कार्यालय बेथरीका प्रहरी निरीक्षक साबित के.सी.का अनुसार उक्त कार आन्तरिक राजस्व कार्यालय, कपिलवस्तुको हो। दुर्घटना कारको ब्रेक फेल भएर अनियन्त्रित भएको कारणले भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

    प्रहरी निरीक्षक के.सी.ले बताएअनुसार दुर्घटना मंगलबार बिहान भएको हो।

    कार भैरहवाबाट लुम्बिनीतर्फ जाँदै थियो। दुर्घटनामा सवारी चालक सवार रहेको  र सवारी चालक सामान्य घाइते भएका छन् र उपचारका लागि अस्पतालमा पठाइएको बताइएको छ।

    घटनाको थप अनुसन्धान जारी रहेको र विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने प्रहरी निरीक्षक के.सी.ले बताइन।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.