logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    ओमसतिया – ६ छोटकी रामनगर स्वास्थ्य चौकीको बार्षिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


    १९ भाद्र २०८२ , बिहिबार

    ओमसतिया – ६ छोटकी रामनगर स्वास्थ्य चौकीको बार्षिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    पशुपति यादव। लुम्बिनीखबर

    रोहिणी, १९ भदौ ।ओमसतिया गाउँपालिका वडा नं. ६ छोटकी रामनगर स्वास्थ्य चौकीमा आर्थिक वर्ष ०८१/८२ को वडा स्तरीय बार्षिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। 

    कार्यक्रम स्वास्थ्य चौकीको सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार धवल को अध्यक्षतामा सम्पन्न भएको हो।

    कार्यक्रममा आर्थिक वर्ष ०८१/८२ मा स्वास्थ्य चौकीले प्रदान गरेका सेवाहरू, प्राप्त उपलब्धिहरू, चुनौतीहरू र आगामी योजनाहरूका बारेमा विस्तृत छलफल गरिएको थियो।

    सो अवसरमा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन र समुदायको स्वास्थ्य सूचकहरूमा सुधार ल्याउनका लागि दुईवटा नयाँ कार्यक्रमको शुभारम्भ गरिएको छ। “एक गाउँ एक स्वास्थ्यकर्मी” कार्यक्रमअन्तर्गत प्रत्येक गाउँमा एक जना स्वास्थ्यकर्मी नियुक्त गरी स्वास्थ्य सेवालाई गाउँ-गाउँसम्म पुर्‍याउने लक्ष्य राखिएको छ। अर्को “वडा अध्यक्षसँग अशक्त, अपाङ्ग तथा ज्येष्ठ नागरिक” कार्यक्रममार्फत वडाध्यक्षको नेतृत्वमा अशक्त, अपाङ्ग र ज्येष्ठ नागरिकहरूका लागि विशेष स्वास्थ्य सेवा र सहयोग प्रदान गर्ने योजना बनाइएको छ। 

    यी दुवै कार्यक्रमले स्थानीय समुदायमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको अध्यक्ष धवलले बताउनुभयो।

    अध्यक्ष धवल ले कार्यक्रमको समापन गर्दै स्वास्थ्य चौकीको सेवालाई अझै प्रभावकारी बनाउन सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले नयाँ कार्यक्रमहरूले विशेष गरी कमजोर र सीमान्तकृत समुदायको स्वास्थ्यमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा उपस्थित वडा सदस्यहरू र व्यवस्थापन समितिका सदस्यहरूले स्वास्थ्य चौकीको कार्यप्रगति र नयाँ कार्यक्रमहरूको प्रशंसा गर्दै यस्ता पहलले समुदायमा स्वास्थ्य सेवालाई थप सुलभ र समावेशी बनाउने विश्वास व्यक्त गरे। महिला स्वास्थ्य स्वयंसेविकाहरूले पनि यी कार्यक्रमहरूले आफूहरूको कार्यक्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।

    यो कार्यक्रमले छोटकीरामनगर स्वास्थ्य चौकीको आगामी यात्रालाई थप गति प्रदान गर्ने र समुदायमा स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्ने दिशामा महत्त्वपूर्ण कदम बन्ने अपेक्षा गरिएको छ।

    कार्यक्रममा वडा सदस्यहरू, व्यवस्थापन समितिका सदस्यहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, स्वास्थ्य चौकीका सम्पूर्ण कर्मचारीहरूको साथै स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। 

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.