logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    ऊर्जामन्त्री घिसिङले तलबभत्ता र सुविधा नलिने, बक्यौता रकम उठाउने निर्णय


    ३१ भाद्र २०८२ , मंगलबार

    ऊर्जामन्त्री  घिसिङले तलबभत्ता र सुविधा नलिने, बक्यौता रकम उठाउने निर्णय

    लुम्बिनीखबर

    भैरहवा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफ्नो तलबभत्ता, सुरक्षा तथा अन्य सुविधा नलिने घोषणा गरेका छन्। सोमबार पदभार ग्रहण गरेपछि मन्त्री घिसिङले यो निर्णय सार्वजनिक गरेका हुन्।

    मन्त्री घिसिङले आफूले प्राप्त गर्ने तलबभत्ता सहिद परिवारको नाममा स्थापित कोषमा जम्मा गर्ने बताए। उनले भने, मेरो तलबभत्ता र सुविधा सहिद परिवारको सहयोगका लागि कोषमा जम्मा हुनेछ।

    यसका साथै, मन्त्री घिसिङले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने महत्त्वपूर्ण निर्णय पनि गरेका छन्। यो कदमले विद्युत प्राधिकरणको आर्थिक स्थिति सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    थप रूपमा, उनले आफूलाई ुमाननीयु सम्बोधन नगर्न समेत सबैलाई आग्रह गरेका छन्। उनको यो कदमले सरकारी सेवामा पारदर्शिता र जनमुखी दृष्टिकोणको सन्देश दिएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.