logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    जेनजी प्रदर्शनमा मृत्यु भएका प्रहरीका परिवारलाई १० लाख सहयोग


    ३१ भाद्र २०८२ , मंगलबार

    जेनजी प्रदर्शनमा मृत्यु भएका प्रहरीका परिवारलाई १० लाख सहयोग

    लुम्बिनीखबर
    भैरहवा । गत सोमबार र मंगलबार जेनजीको प्रदर्शनमा कर्तव्य पालनका क्रममा मृत्यु भएका प्रहरीका परिवारलाई जनही १० लाख रुपैयाँ सहयोग प्रदान गरिने भएको छ।
    प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले दिएको जानकारीअनुसार, प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरेर उक्त रकम उपलब्ध गराइनेछ।
    प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, “यही भदौ २३ र २४ गते आन्दोलनका क्रममा कर्तव्यपालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारजनलाई प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही रु १० लाख उपलब्ध गराउने निर्णय भएको छ।”
    यो सहयोगले मृतक प्रहरीका परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.