logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा प्रहरीद्वारा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न


    २ मंसिर २०८२ , मंगलबार

    लुम्बिनीमा प्रहरीद्वारा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

    अन्जना चौहान। लुम्बिनीखबर 

    लुम्बिनी, २ मंसिर । रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको सभाहलमा इलाका प्रहरी कार्यालय लुम्बिनीले नागरिक  सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। 

    प्रहरी कार्यालयले (आज) मंगलवार एक आयोजना गरी नागरिक सुनुवाइ कार्यक्रम गरेको हो । 

    नागरिकका गुनासा तथा सुझाव सुन्ने र प्रहरीको कामप्रति जवाफदेहिता प्रदर्शन गर्ने मुख्य उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा सरोकारवाला तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो।

    कार्यक्रम इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख तथा प्रहरी निरिक्षक होमनाथ रेग्मीको अध्यक्षतामा सम्पन्न भएको हो। 

    कार्यक्रम प्रहरी निरिक्षक होमनाथ रेग्मीले शान्तिसुरक्षा कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण, लागुऔषध ओसारपसार तथा कारोबार नियन्त्रण, चोरी–तस्करी नियन्त्रण र सवारी दुर्घटना न्यूनीकरणका क्षेत्रमा इलाका प्रहरी कार्यालय लुम्बिनीले विगत एक वर्षमा सम्पादन गरेका कार्यहरूको विस्तृत विवरण प्रस्तुत गर्नुभयो।

    सो अवसरमा सहभागीहरूले प्रहरीको कार्यसम्पादन, रातको समयमा गस्तीको प्रभावकारिता, लागुऔषध दुव्र्यसनी नियन्त्रण, सडक सुरक्षा, चोरीका घटना न्यूनीकरण लगायतका विषयमा जिज्ञासा राखेका थिए भने केहीले सडकमा बढ्दो मोटरसाइकल रेसिङ, राति मदिरा सेवन गरी सवारी चलाउने प्रवृत्ति र सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणमा थप प्रभावकारी भूमिका खेल्न सुझाव दिएका थिए। उठेका सबै प्रश्न तथा गुनासाहरूको प्रहरी निरिक्षक रेग्मीले तत्कालै स्पष्ट जवाफ दिनुभएको थियो। साथै आगामी दिनमा पनि नागरिकका सुझावलाई आत्मसात् गरी थप प्रभावकारी ढंगले सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

    कार्यक्रममा कार्यवाहक नगरप्रमुख कल्पना हरिजनले प्रहरी र नागरिकबीचको सहकार्यले मात्रै समाजमा शान्ति र अमन कायम रहने भन्दै यस्ता सार्वजनिक सुनुवाइ कार्यक्रमले पारदर्शिता र जवाफदेहिता बढाउने बताउनुभयो।

    कार्यक्रममा प्रमुख अतिथिको रूपमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका कार्यवाहक नगर-प्रमुख कल्पना हरिजन रहनुभएको थियो भने विशिष्ट अतिथिको रूपमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीको उपस्थिति रहेको थियो।

    यसैगरी वडाध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ–संस्थाका पदाधिकारी, आमा समूह, बुद्धिजीवी, पत्रकार, समाजसेवी लगायत करिब दुई सयभन्दा बढी सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.