logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा होटल संघ नेपालको चौथो अधिवेशन सम्पन्न लीलामणि शर्मा नयाँ अध्यक्ष निर्वाचित


    ६ मंसिर २०८२ , शनिबार

    लुम्बिनीमा होटल संघ नेपालको चौथो अधिवेशन सम्पन्न  लीलामणि शर्मा नयाँ अध्यक्ष निर्वाचित

    अन्जना चौहान। लुम्बिनीखबर 

    लुम्बिनी, ६ मंसिर । लुम्बिनी होटल संघ नेपालको चौथो अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ। 

    अधिवेशनले लीलामणि शर्माको अध्यक्षतामा पूर्ण कार्यसमिति निर्विरोध चयन गरेको हो।

    निर्वाचन अधिकृत प्रख्यात बन्जाडेका अनुसार अध्यक्षमा लीलामणि शर्मा, वरिष्ठ उपाध्यक्षमा शेखर कार्की, उपाध्यक्ष भूपेन्द्र गुरुङ, महासचिव टीका कुमारी कट्टेल, सचिव एकराज कण्डेल, कोषाध्यक्ष दीपक पंगेनी, सह-कोषाध्यक्ष धीरज भण्डारी सदस्यहरू पद्मा काफ्ले, प्रज्वल कार्की क्षेत्री, दीपेन्द्रलाल बनियाँ, आशोक कुमार गुप्ता, किशोर यादव, अनिल कुमार गुप्ता, रोजन शाक्य, जनकबहादुर सोमै मगर नवनिर्वाचित भएका छन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष लीलामणि शर्माले लुम्बिनीको पर्यटन विकास र होटल व्यवसायीहरूको हकहितका लागि सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सम्पूर्ण व्यवसायीलाई एकजुट भएर होटल र पर्यटन क्षेत्रलाई थप व्यवस्थित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन आह्वानसमेत गरे।

    नयाँ कार्यसमितिबाट लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने, होटलहरूको सेवा–सुविधा तथा गुणस्तरमा सुधार ल्याउने र यहाँ आउने पर्यटकहरूको औसत बसाइ अवधि लम्ब्याउन विशेष पहल गर्ने अपेक्षा व्यवसायीहरूले गरेका छन्।

    संघका निवर्तमान अध्यक्षसहित लुम्बिनी क्षेत्रका दर्जनौं होटल व्यवसायीहरूको उपस्थिति रहेको चौथो अधिवेशन शान्तिपूर्ण र उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.