logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    भन्सार छली गरी ल्याउँदै गरेको मोटरसाइकलसहित ७१ हजारको कपडा बरामद


    १२ मंसिर २०८२ , शुक्रबार

    भन्सार छली गरी ल्याउँदै गरेको मोटरसाइकलसहित ७१ हजारको कपडा बरामद

    लुम्बिनीखबर
    लुम्बिनी, १२ मंसिर । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १०, महिलावारमा आज बिहान भारतबाट भन्सार छली गरी अवैध रूपले नेपाल भित्र्याउँदै गरेको मोटरसाइकल र कपडा प्रहरीले बरामद गरेको छ।
    बिहान करिब ४ः२० बजे वडा नं. –१० महिलावारमा गस्तीमा खटिएको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा लु ५ प ८४९३ नम्बरको १०० सीसीको हिरो होन्डा कम्पनीको मोटरसाइकलमा लोड गरिएका विभिन्न प्रकारका कपडा फेला पारेको थियो।
    मोटरसाइकल चालकले भारतबाट भन्सार प्रक्रिया पूरा नगरी अवैध रूपमा कपडा ल्याउँदै गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
    विभिन्न प्रकारका कपडा अन्दाजी मूल्य रु २१,७००।–, मोटरसाइकल लु ५ प ८४९३० अन्दाजी मूल्य रु ५०,०००।– गरी जम्मा बरामद मूल्य रु ७१,७००।– अक्षरेपी एकत्तर हजार सात सय रुपैयाँ बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ । बरामद मोटरसाइकल र कपडा आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको र चालकमाथि भन्सार ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले बताएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.