logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    आशुतोष मिश्राको स्पष्ट प्रतिबद्धता ः प्रतिबद्धता पुरा नभए पुनः निर्वाचनमा नआउने


    १२ फाल्गुन २०८२ , मंगलबार

    आशुतोष मिश्राको स्पष्ट प्रतिबद्धता ः प्रतिबद्धता पुरा नभए पुनः निर्वाचनमा नआउने

    लुम्बिनीखबर
    मर्चवार, फागुन । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार आशुतोष मिश्राले रूपन्देही – ४ (मर्चवार क्षेत्र) मा चुनावी प्रचारलाई तीव्र बनाउँदै महत्वपूर्ण प्रतिज्ञा गरेका छन् ।
    उनी हाल घरदैलो, जनसभासहित मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन् ।

    एक चुनावी सभामा मिश्राले भने, “म जनताको चाहना र आवश्यकतालाई ध्यानमा राखेर क्षेत्रको विकासका लागि ठोस एजेन्डा तयार पारिरहेको छु । यो एजेन्डा र जनभावनासँग कुनै खेलवाड गर्ने छैन । यदि मैले बनाएको योजना र जनताको अपेक्षा अनुसार काम गर्न सकेन भने आगामी निर्वाचनमा फर्केर आउने छैन । यो मेरो स्पष्ट प्रतिबद्धता हो ।”
    उनले विगतका निर्वाचनहरूको चित्रण गर्दै भने, “जनताले पटक–पटक मत दिएर उम्मेदवारलाई संसद पठाउँछन् । निर्वाचनको बेला आकर्षक एजेन्डा लिएर आउँछन्, तर जितेपछि विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा खासै परिवर्तन हुँदैन । अवस्था जस्ताको तस्तै रहन्छ । यस पटक मतदाताले सचेत भएर निर्णय गर्नुपर्छ । मलाई एक पटक अवसर दिनुहोस्, म काम गरेर देखाउँछु ।”
    रूपन्देही क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको चुनाव चिन्ह रुख (पेड) लिएर प्रतिस्पर्धा गरिरहेका मिश्रा स्थानीय स्तरमा निकै सक्रिय छन् । उनको घरदैलो अभियान र सभाहरूमा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता देखिएको छ । उनले क्षेत्रका प्रमुख समस्याहरू जस्तै सडक सुधार, सिंचाइ सुविधा विस्तार, विद्यालय तथा स्वास्थ्य सेवाको स्तर उकास्ने, युवा रोजगारी सिर्जना लगायतलाई प्राथमिकतामा राखेर एजेन्डा तयार पारेका छन् ।
    यो प्रतिबद्धताले राजनीतिमा नयाँ खालको जवाफदेहीता र इमानदारीको सन्देश दिएको छ । सामान्यतया उम्मेदवारहरूले जितेपछि काम गर्ने वाचा गर्छन्, तर असफल भए फर्केर नआउने यस्तो स्पष्ट घोषणा कमै सुनिन्छ । यसले मतदातामा विश्वास जगाउने प्रयास गरेको देखिन्छ । मिश्रा भन्छन्, “जनताको मत अमूल्य छ । यो मतको सम्मान गर्दै ठोस काम गर्नेछु । काम नभए म पुनः उम्मेदवार बन्ने छैन । ”
    यो क्षेत्रमा नेपाली कांग्रेसले बलियो आधार बनाउन खोजिरहेको छ । मिश्राको सक्रियता, युवा तथा स्थानीय मुद्दाप्रतिको संवेदनशीलता र प्रतिबद्धताले मतदातालाई आकर्षित गरेको छ । फागुन २१ गते हुने निर्वाचनमा मतदाताले उनलाई अवसर दिने वा नदिने भन्ने पूर्ण रूपमा जनताको हातमा छ ।
    आशुतोष मिश्राले क्षेत्रका विभिन्न टोल–टोलमा पुगेर समस्या सुन्ने र समाधानको प्रतिबद्धता जनाउँदै आएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.