logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    प्रगतिशील लोकतान्त्रिक पार्टीका सुनिल चौधरीले लुम्बिनीमा तीव्र बनाए घरदैलो अभियान


    १२ फाल्गुन २०८२ , मंगलबार

    प्रगतिशील लोकतान्त्रिक पार्टीका सुनिल चौधरीले लुम्बिनीमा तीव्र बनाए घरदैलो अभियान

    अन्जना चौहान । लुम्बिनीखबर
    लुम्बिनी, फागुन । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले लुम्बिनी क्षेत्रमा आफ्नो चुनावी अभियानलाई तीव्रता दिएको छ । क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुनिल चौधरीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १० (महिलावार) घर भएका उनी तथा पार्टीका नेता–कार्यकर्ताहरू बिहानैदेखि मतदाताका घर–घरमा पुगेर घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
    पार्टीले विकास, सुशासन, रोजगारी सिर्जना तथा स्थानीय स्तरका विभिन्न समस्या समाधानलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएको छ । उम्मेदवार सुनिल चौधरीले भने, “हामी जनताको समस्या प्रत्यक्ष सुनेर तिनको वास्तविक समाधानका लागि पूर्ण प्रतिबद्ध छौं । जनताको अपेक्षा र आवश्यकतालाई प्राथमिकता दिँदै पारदर्शी, जवाफदेही तथा विकासमुखी योजना अघि बढाउने हाम्रो प्रतिबद्धता छ ।”
    घरदैलो अभियानमा युवाहरूको उल्लेख्य सहभागिता देखिएको छ । यसबाहेक महिला तथा ज्येष्ठ नागरिकहरूसँग पनि प्रत्यक्ष छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । पार्टीले यसपटक नयाँ अनुहार, स्पष्ट योजना र जनमुखी प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिएको दाबी गरेको छ । प्रलोपा हालै गठन भएको नयाँ दल हो, जसले वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई प्रस्तुत गर्दै आएको छ ।
    मतदाताहरूले विकासमुखी योजना, सुशासन तथा पारदर्शी नेतृत्वको अपेक्षा राखेको प्रतिक्रिया दिएका छन् । उनीहरूले पार्टीका एजेन्डा तथा प्रतिबद्धताप्रति सकारात्मक धारणा व्यक्त गरेका छन् ।
    प्रगतिशील लोकतान्त्रिक पार्टीले लुम्बिनी प्रदेशमा एकताबद्ध भएर चुनावी अभियान सञ्चालन गरिरहेको छ । जनतासँग प्रत्यक्ष सम्पर्क र घरदैलो कार्यक्रमलाई विशेष प्राथमिकता दिँदै पार्टीले मतदाताको विश्वास जित्ने प्रयासलाई तीव्र बनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.