लुम्बिनीखबर
लुम्बिनी, २१ फागुन । आज देशभर एकै चरणमा सञ्चालित प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. २ स्थित श्री बलरामपुर माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान उत्साहजनक रूपमा भएको छ ।
मतदान केन्द्रमा कुल मतदाता संख्या २९३० रहेकोमा मत खसेको संख्या १९३८ पुगेको छ । यसमा पुरुष मतदाताको संख्या ९५८ र महिलाको संख्या ९८० रहेको छ । यसअनुसार कुल मतदान प्रतिशत लगभग ६६.१३ प्रतिशत रहेको छ ।
यो मतदान केन्द्रमा महिलाको सहभागिता पुरुषको भन्दा केही बढी देखिएको छ । मतदान शान्तिपूर्ण र निर्बाध रूपमा सम्पन्न भएको स्थानीय स्रोतहरूले बताएका छन् ।
देशभर बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान भएको छ ।