logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    पशु व्यवसायी गर्नेले सरकारी अनुदान पाउने


    ८ चैत्र २०७२ , सोमबार

    पशु व्यवसायी  गर्नेले सरकारी अनुदान पाउने

    कमल रायमाझी
    भैरहवा । पशु व्यवसायी गर्ने युवाहरुका लागी जिल्ला पशुसेवा कार्यालय रुपन्देहीले अनुदानको व्यवस्था गरेको छ ।
    युवा लक्षित स्वरोजगार कार्यक्रम अन्तरगत पशुसेवा कार्यालयले व्यवसायी गर्न चाहाने युवाहरुका लागी आर्थिक सहयोगको कार्यक्रम ल्याएको जनाएको छ ।
    नेपाल सरकारको निति अनुसार जिल्ला र स्थानिय स्तरमा बसेर युवाहरुले  पशु पालन गरि व्यवसायीकता गर्न हौसल्लाह बढाउने उद्धेश्यले यो कार्यक्रम अगाडी सारिएको हो ।
    बिदेशमा बसी स्वदेश फर्किएका युवाहरु तथा शिक्षित युवाहरुकालाई पशु पालन व्यवसायीमा उत्पे्ररणा जगाउने  उद्धेश्यले यस्ता कार्यक्रमहरु ल्याइएको पशु व्यवसायीहरु बताउछन् ।
    अहिले नेपाल सरकारले गाइपालन, बाख«ापालन, घास बिकास गर्न चाहने युवाहरुका लागी आर्थिक सहयोग उपलव्ध गराउदै आएको छ भने बंगुरपालन,कुखुरा पालन, भैसी पालन गर्नेहरुका लागी निशुल्क प्राबिधिक तथा परामर्श सहयोग उपलव्ध गराएको जिल्ला पशुसेवा कार्यालय रुपन्देहीले जनाएको छ ।
    मासु व्यवसायी  गर्न चाहाने युवाहरुका लागी समेत जिल्ला पशुसेवा कार्यालय रुपन्देहीले  व्यवसायी प्रर्वधनका लागी प्रत्येक व्यवसायी दुइ लाख रुपैयाको आर्थिक सहयोग उपलव्ध गराउदै आएको छ ।
    जिल्ला पशुसेवा कार्यालय रुपन्देहीका बरिष्ठ पशु चिकित्सक गान्धी उपाध्यायले किसानहरुलाई माछा दिन नसकिने र बल्छी दिने काम भैरहेको भन्दै बल्छी दिए पछि सधै उसले माछा मारि आफ्रनो जिबिको पार्जन गर्दछ तर माछा दिए एक पटक खादा सिद्धिने र पुन किसान माग्न आउने प्रचलन भएकाले दिगो व्यवस्थापनमा पशु कार्यालय लागेको जनाए ।
    बरिष्ठ पशु चिकित्सक उपाध्यायले पशु व्यवसायी गर्न चाहानेहरुका लागी सरकाले बिभिन्न आर्थिक सहयोग उपलव्ध गराएको भन्दै यसमा नया युवाहरु आर्कशित हुन आवस्यक रहेको बताए ।
    अहिले सरकाले व्यवसायी प्रवर्धनका लागी  पशु बिमामा ७५ प्रतिशत अनुदान दिएको छ भने गाइपालनका किसानका व्यवसायी बर्गीकरण गरि  १ लाख देखी ४ लाख सम्म अनुदान सहयोग,बाख«ा पालनका लागी ५० हजार देखी  २ लाख सम्म ,घास बिकासका लागी ५ हजार देखी २० हजार सम्म सहयोग उपलव्ध गराउदै आएको छ ।
    जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका पशु बिकास अधिकृत डा. प्रदिप शर्मा पौडेलले देश भारतिय नाकाबन्दीका कारण समस्याग्रस्त परेकाले पशु व्यवसायीमा युवाहरु लागेमा जिबिको पार्जनमा सहजता हुने जनाउछन् ।
    उनले नेपालको भुगोल र बनावटको हिसावले गर्न सकिने बिभिन्न किसिमका पशु व्यवसायले देशमा आर्थिक उर्पाजनमा टेवा दिन सक्ने भएकाले नया शिक्षित युवाबर्ग यसमा लाग्नुपर्ने भन्दै सरकारले समेत यस्ता युवा जगतलाई हौसल्लाह प्रदान गर्न सक्ने थप कार्यक्रमहरु ल्याउन आवस्यक रहेको जनाए ।
    एउटा गाई पालन गर्ने किसानले ग्यासको संकट परिरहेको बेलामा गोवरग्यास प्रयोग गर्न सक्छ । दुधडेरी सञ्चालन गर्न सक्छ । पनिर,मिठाई,दहि जस्ता बस्तु उत्पादन गरि आर्थिक उर्पाजन गर्न सक्ने सम्भावना रहेको पशु बिज्ञहरु बताउछन् ।
    अहिले भारत बाट मात्र बार्षिक लाखौ मुल्यको मासुजन्य पर्दाथ नेपालमा भित्रिने गरेको छ ।नेपालका बिभिन्न भंसार नाका बाट खसी बोका, माछा, सिद्रा र दाना बनाउने कच्चा पर्दाथ भारत बाट आउने गरेको भन्सार बिभागले जनाएको छ ।
    पशु क्यारेन टाइन चेक पोष्ट भैरहवाका प्रमुख डा. सत्यनारायण साहले दिएको जानाकारी अनुसार– गत आर्थिक बर्ष ०७१ ।०७२ मा बेलहिया नाका, कृष्णनगर नाका र महेशपुर नाका बाट खसी बोका मात्र २ लाख ९३ हजार ७ सय ३४ गोटा भारत बाट नेपाल भित्रिएका छन् भने,खाने माछा २ हजार ५२ मेट्रिक टन,सिद्रा २ सय ३० मेट्रिक टन, रागा भैसी, १७ हजार ८ सय ६८ गोटा,  गोरु बाछा बाछी १५ सय ४२ गोटा, खच्चर ४ सय ४७ गोटा पशु व्यापारीले भारत बाट नेपाल ल्याएका रेकडमा देखिन्छ ।
    आर्थिक बर्ष ०७२ ।०७३ को चौमासिक कार्तिक सम्ममा भारत बाट खसी बोका, ८१ हजार ९८ गोटा र खाने माछा ७ सय ३२ मेट्रिक टन नेपाल भित्रिएको छ ।
    पशुजन्यमा मात्र नेपाल बाट लाखौ रुपैया भारत पुगेको छ भने चिनमा समेत पुग्ने गरेको छ । तस्करहरुले समेत हजारौको मुल्य वरावरका मासुजन्य पर्दाथ भारत बाट नेपाल ल्याउने गरेकको भेटिन्छ ।
    नेपाल कृषि प्रदान देश भएर पनि कृषिमा परनिर्भता हुनु कमजोर राज्य निति हुनु र राज्यको नेतृत्व तहमा रहेका मानिसहरुको फितलो राजनितिक प्रर्दशनले समेत असर पारेको छ ।
    अव नेपालमा कृषिमा निर्भरत हुने हो भने परनिर्भताको अन्त्य र स्वदेशमा पशु व्यवसायीको बिकास गर्न आवस्यक देखिन्छ । पशु बिज्ञहरुका अनुसार– पशुव्यवसायी गर्ने युवालाई आर्थिक सहयोगको साथ साथै उनिहरुको उत्पादन बजार सम्म बिकाउन का लागी भारतिय बजार बाट आउने कृषिजन्य र पशुजन्य बस्तुहरुको पुर्णरुपमा नेपाल भित्रिन बन्देज गर्नु पर्दछ । नत्र नेपालको उत्पादन प्रतिस्पर्धा गर्न नसकी पलायन हुनसक्दछ ।
    स्वदेशमा उत्पादन हुने कुनै पनि बस्तुको प्रबर्धन गर्न अन्य देश बाट आउने त्यही प्रकृतीका बस्तुमा भन्सार शुल्क बढी गर्ने या आयातमा बन्देज गर्न आवस्यक रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.