logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सिद्धार्थनगरमा ४ जीपीए ल्याउने ४ जना विद्यार्थी, बहिरा बाल माविले गर्‍यो शतप्रतिशत उत्तीर्ण


    २९ बैशाख २०८३ , मंगलबार

    सिद्धार्थनगरमा ४ जीपीए ल्याउने ४ जना विद्यार्थी, बहिरा बाल माविले गर्‍यो शतप्रतिशत उत्तीर्ण

    लुम्बिनीखबर
    सिद्धार्थनगर, २९ बैशाख । सिद्धार्थनगर नगरपालिकाको माध्यमिक शिक्षा परीक्षा एस.ई.ई मा उत्कृष्ट नतिजा सार्वजनिक भएको छ। यस वर्ष ४ जना विद्यार्थीले पूर्ण ४ जीपीए हासिल गरेका छन् भने बहिरा बाल माध्यमिक विद्यालयले शतप्रतिशत उत्तीर्ण दर हासिल गरेको छ।
    नगरपालिकाका अनुसार परीक्षामा कुल १४८३ विद्यार्थी सहभागी भएका थिए। जसमध्ये १०४५ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने ४३८ जना अनुत्तीर्ण भएका छन्। उत्तीर्ण प्रतिशत ७० रहेको छ।
    ४ जीपीए हासिल गर्ने विद्यार्थीहरूमा साई ग्लोबल एकेडेमी स्कुलका २ जना, अमरज्योति इंगलिस बोर्डिङ् विद्यालयका १ जना र मोर्डन पब्लिक स्कुलका १ जना रहेका छन्।
    सबैभन्दा उल्लेखनीय उपलब्धि भने बहिरा बाल माध्यमिक विद्यालयको रहेको छ। उक्त विद्यालयले १०० प्रतिशत उत्तीर्ण दर हासिल गरेको छ। यसले समावेशी शिक्षाको क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गरेको छ।
    सिद्धार्थनगर नगरपालिका क्षेत्रमा ३५ वटा संस्थागत र १२ वटा सरकारीरसामुदायिक गरी कुल ४७ वटा माध्यमिक विद्यालय सञ्चालनमा छन्।
    शिक्षा शाखाका उपसचिव तथा प्रमुख चेतनशील लम्सालले हालसम्म प्राप्त प्रारम्भिक तथ्यांकका आधारमा यो जानकारी सार्वजनिक गर्नुभएको हो। उहाँका अनुसार पूर्ण तथा आधिकारिक नतिजा प्रकाशन भएपछि थप विस्तृत विवरण उपलब्ध हुने छ।
    यो नतिजाले सिद्धार्थनगरमा शैक्षिक गुणस्तरमा क्रमिक सुधार भइरहेको संकेत गरेको छ भने बहिरा बाल विद्यालयको सफलताले समावेशी शिक्षाको महत्वलाई समेत उजागर गरेको छ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.