logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    रेडक्रस सियारी शाखाद्वारा स्थापना दिवसको अवसरमा वृक्षारोपण


    ८ साउन २०८३ , शुक्रबार

    रेडक्रस सियारी शाखाद्वारा स्थापना दिवसको अवसरमा वृक्षारोपण

    बिशन गुरुङ। लुम्बिनीखबर

    भैरहवा, ८ साउन । नेपाल रेडक्रस सोसाइटी सियारी शाखाले रुपन्देही जिल्ला शाखाको ५७औँ स्थापना दिवसको अवसरमा शुक्रबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

    Brichharopan

    सियारी गाउँपालिका–४ का वडा अध्यक्ष श्रीराम यादवको प्रमुख आतिथ्य तथा शाखा संयोजक दिवाकर त्रिपाठीको संयोजनमा आयोजित कार्यक्रममा विद्यालय परिसरलाई हरियाली, स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यका साथ विभिन्न प्रजातिका बिरुवा रोपिएको हो।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यार्थी, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    आयोजकका अनुसार वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो। सहभागीहरूले रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा समेत प्रतिबद्ध रहने बताएका छन्।

    नेपाल रेडक्रस सोसाइटी सियारी शाखाले मानवीय सेवासँगै वातावरण संरक्षणका क्षेत्रमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.