logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    भैरहवा भन्सारमा कडा व्यवस्थापछि भारतीय बिचौलियाको अवरोध


    ११ साउन २०८३ , सोमबार

    भैरहवा भन्सारमा कडा व्यवस्थापछि भारतीय बिचौलियाको अवरोध

    झब्बर यादव । लुम्बिनीखबर

    सिद्धार्थनगर, ११ साउन । भैरहवा भन्सारमा अनधिकृत व्यक्तिको प्रवेशमा रोक लगाएपछि नाराज सोनौलीका कस्टम एजेन्टहरूले कलमबन्द हडताल सुरु गरेका छन्। यसले नेपाल जाने ट्रकहरूको आवागमनसमेत रोकिएको छ।

    चालु वर्ष साउन १ गतेदेखि भैरहवा भन्सार कार्यालयले नियुक्तिपत्र प्राप्त आधिकारिक एजेन्टलाई मात्र जाँचपासमा सहभागी गराउने र अनधिकृत व्यक्तिलाई संवेदनशील क्षेत्रमा पहुँच निषेध गर्ने व्यवस्था लागू गरेपछि भारतीय बिचौलिया तथा दलालहरूले सीमापारिबाट आउने निकासीरपैठारी गाडीहरू सीमामै रोकेर कस्टम बन्द गरेका छन्।

    उनीहरूले ‘हामी पनि भैरहवा भन्सार कार्यालयमा निकासीरपैठारीको काम गर्न पाउनुपर्छ’ भन्ने माग गर्दै गाडी रोकेका हुन्। यसअघि भैरहवा भन्सार कार्यालयले भन्सार जाँचपास प्रतिनिधि (एजेन्ट) हरूलाई तीन दिनभित्र ब्क्थ्ऋग्म्ब् ध्यचमि को युजर आईडी र बढीमा दुई जना आधिकारिक कर्मचारीको नागरिकता तथा फोटोसहित सनाखत गराउन निर्देशन दिएको थियो। परिचयपत्र नभएका र सनाखत नगराएका व्यक्तिलाई काम गर्न नदिने तथा विवरण नबुझाएमा जाँचपास कार्य बन्द गर्न सकिने व्यवस्था पनि लागू गरिएको थियो।

    भन्सार विभाग र भन्सार एजेन्ट महासंघ नेपालले समेत पहिलेदेखि नै अनधिकृत व्यक्तिको पहुँच नियन्त्रण र आधिकारिक कर्मचारी परिचयपत्रसम्बन्धी कार्यविधि कार्यान्वयन गर्न जोड दिएका थिए। यसै क्रममा भैरहवा भन्सारले साउन १ बाट कडाई गरेपछि भारतीय पक्षले प्रतिक्रियास्वरूप अवरोध सिर्जना गरेको हो।

    नेपाली एजेन्टहरूले भने यो व्यवस्था आफूहरूका लागि राहत भएको बताएका छन्। उनीहरूका अनुसार भारतीय बिचौलिया र दलालहरूका कारण वास्तविक नेपाली एजेन्टहरूले लामो समयदेखि पर्याप्त काम पाउन सकेका थिएनन्। अब आधिकारिक नियुक्तिपत्र र परिचयपत्र भएका नेपाली एजेन्टलाई मात्र काम दिने व्यवस्थाले स्वदेशी एजेन्टको भूमिका बलियो हुने अपेक्षा गरिएको छ।
    भन्सार अधिकारीहरूले भने कानुनी व्यवस्थाअनुसार मात्र काम अघि बढाइने र कुनै पनि अनधिकृत व्यक्तिको पहुँचलाई अनुमति नदिइने स्पष्ट पारेका छन्। हाल सीमापारि गाडी रोकिएकाले निकासीरपैठारी प्रभावित भएको स्थानीय स्रोतले जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.