logo
  • १४ साउन २०८३ , बिहिबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    जनमत पार्टीका राष्ट्रिय सचिव भुपेन्द्र प्रसाद यादवले दिए राजीनामा


    १२ साउन २०८३ , मंगलबार

    जनमत पार्टीका राष्ट्रिय सचिव भुपेन्द्र प्रसाद यादवले दिए राजीनामा

    लुम्बिनीखबर
    सिद्धार्थनगर,१२ साउन । जनमत पार्टीका राष्ट्रिय सचिव भुपेन्द्र प्रसाद यादवले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, पारदर्शिता र संगठनात्मक मर्यादामा गम्भीर असहजता उत्पन्न भएको भन्दै पदबाट स्वेच्छिक राजीनामा दिएका छन्।
    यादवले आज जारी गरेको राजीनामा पत्रमा उल्लेख गरेअनुसार उनी डेढ दशकदेखि पार्टीको नीति, सिद्धान्त र उद्देश्यअनुसार संगठन सुदृढीकरण, जनताको अधिकार संरक्षण तथा लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धनमा निरन्तर सक्रिय रहँदै आएका थिए। तर पछिल्लो समय पार्टीभित्र उत्पन्न राजनीतिक, संगठनात्मक तथा कार्यशैलीसम्बन्धी परिस्थितिले प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्न कठिनाइ भएको महसुस गरेको उनले बताएका छन्।
    पत्रमा उनले भनेका छन्, “आफ्नो आत्मसम्मान, राजनीतिक मूल्य–मान्यता तथा व्यक्तिगत विवेकलाई ध्यानमा राख्दै जनमत पार्टीको राष्ट्रिय सचिव पदबाट आजकै मितिदेखि लागू हुने गरी स्वेच्छिक राजीनामा पेश गर्दछु।”
    यादवले राजीनामा स्वीकृत गरी पदबाट मुक्त गरिदिन र कुनै कमी–कमजोरी भए संगठनात्मक यात्राको स्वाभाविक पक्षका रूपमा ग्रहण गरिदिन अनुरोध गरेका छन्। उनले पार्टी तथा सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकप्रति सम्मान कायम रहने र आगामी दिनमा पनि लोकतन्त्र, जनअधिकार, सुशासन, सामाजिक न्याय र जनताको हितका पक्षमा राजनीतिक तथा सामाजिक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
    पार्टीले राजीनामा स्वीकार गरेको वा नभएको आधिकारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक भएको छैन।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.