logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    पेट्रोल र हाइब्रिड गाडीप्रति बढ्दो आकर्षण ःपाठक मोटर्स ग्रुप ग्राहकको पहिलो रोजाइ बन्दै


    १८ साउन २०८३ , सोमबार

    पेट्रोल र हाइब्रिड गाडीप्रति बढ्दो आकर्षण ःपाठक मोटर्स ग्रुप ग्राहकको पहिलो रोजाइ बन्दै

    कमल रायमाझी। लुम्बिनीखबर
    भैरहवा, १८ साउन ।नेपालको अटोमोबाइल बजारमा पछिल्लो समय पेट्रोल तथा हाइब्रिड प्रविधियुक्त सवारीसाधनप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ। यही बजार मागलाई लक्षित गर्दै भैरहवास्थित पाठक मोटर्स ग्रुपले सुजुकी ब्रान्डका विभिन्न मोडलको बिक्री, बिक्रीपछिको सेवा तथा ग्राहकमैत्री सुविधालाई विस्तार गर्दै आएको जनाएको छ।

    भैरहवाका लागि सुजुकी गाडीको आधिकारिक विक्रेताका रूपमा रहेको पाठक मोटर्स ग्रुपले रुपन्देहीसँगै नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची र दाङलगायत जिल्लाका ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

    कम्पनीका प्रबन्धक सर्जुना थैबका अनुसार पछिल्लो समय माइलेज, भरपर्दो इन्जिन, कम मर्मत खर्च र बिक्रीपछिको सेवाका कारण सुजुकीका गाडीप्रति ग्राहकको विश्वास बढ्दो क्रममा छ।

    उहाँले भन्नुभयो, “हामी ग्राहकलाई गुणस्तरीय मोटर मात्र होइन, दीर्घकालीन विश्वास पनि बिक्री गरिरहेका छौँ। ग्राहकको आवश्यकताअनुसार उचित परामर्श, सहज फाइनान्स सुविधा र उत्कृष्ट बिक्रीपछिको सेवा उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो।”

    उहाँका अनुसार कम्पनीले अल्टो के–१०, सेलेरियो, वागनआर, स्विफ्ट, डिजायर, ब्रेजा, ग्रान्ड भिटारा, जिम्नी, फ्रन्क्स, ईको भ्यान लगायतका मोडल बिक्री वितरण गर्दै आएको छ।

    कम्पनीका अटो पार्ट्स तथा सर्भिस इन्चार्ज विक्रम खड्काले मोटरको दीर्घकालीन कार्यक्षमताका लागि नियमित मर्मत सम्भार र जेन्युइन स्पेयर पार्ट्सको प्रयोग आवश्यक रहेको बताउनुभयो।

    उहाँले भन्नुभयो, “हाम्रो सर्भिस सेन्टरमा दक्ष प्राविधिकबाट अत्याधुनिक उपकरण प्रयोग गरी सेवा प्रदान गरिन्छ। ग्राहकले समयमै सर्भिसिङ गराउँदा गाडीको कार्यक्षमता, सुरक्षा र आयु बढ्नुका साथै सञ्चालन खर्च पनि कम हुन्छ।”

    त्यसैगरी कम्पनीकी बजार शाखा प्रमुख सावित्री क्षेत्रीले ग्राहकको विश्वास नै कम्पनीको सबैभन्दा ठूलो पूँजी भएको बताउनुभयो।

    उहाँले भन्नुभयो, “हामी बिक्रीभन्दा पनि ग्राहकसँगको सम्बन्धलाई प्राथमिकता दिन्छौँ। यही कारण धेरै ग्राहक पुराना ग्राहकको सिफारिसका आधारमा पनि यहाँ गाडी खरिद गर्न आउनुहुन्छ। कम्पनीले बजारको आवश्यकता अनुसार समय–समयमा आकर्षक अफर, सहज फाइनान्स र उत्कृष्ट ग्राहक सेवा उपलब्ध गराउँदै आएको छ।”

    पाठक मोटर्स ग्रुपले बिक्रीसँगै बिक्रीपछिको सेवामा पनि विशेष जोड दिएको जनाएको छ। एउटै स्थानबाट गाडी खरिद, फाइनान्स, बीमा, एक्सचेन्ज, रजिस्ट्रेशन, जेन्युइन स्पेयर पार्ट्स तथा अत्याधुनिक सर्भिस सुविधा उपलब्ध गराइँदै आएको कम्पनीले जनाएको छ।

    अटोमोबाइल बजारका जानकारहरूका अनुसार पछिल्लो समय ग्राहकले गाडी खरिद गर्दा माइलेज, सुरक्षा, पुनःबिक्री मूल्य, स्पेयर पार्ट्सको उपलब्धता तथा बिक्रीपछिको सेवालाई विशेष प्राथमिकतामा राख्ने गरेका छन्। यही कारण सुजुकी ब्रान्डका गाडीप्रति बजारमा स्थिर माग रहेको व्यवसायीहरूको भनाइ छ।

    लुम्बिनी प्रदेशको प्रमुख व्यापारिक केन्द्र भैरहवाबाट सञ्चालन हुँदै आएको पाठक मोटर्स ग्रुपले गुणस्तरीय सेवा, ग्राहकमैत्री व्यवस्थापन र विश्वसनीय बिक्रीपछिको सेवामार्फत प्रदेशको अटोमोबाइल क्षेत्रमा आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै गएको जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.