पशुपति यादव /लुम्बिनीखबर
रोहिणी, भदौ। लुम्बिनीखबर पत्रिकाका मर्चवार शाखा प्रमुख मोहम्मद असलम खान पितृशोकमा परेका छन्।
पत्रकार खानका बुबा मोमताज अलीको ८० वर्षको उमेरमा भदौ ४ गते बिहीबार आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएका छन्।
उहाँको दुःखद निधनको खबरले हामी लुम्बिनीखबर पत्रिका परिवार अत्यन्तै स्तब्ध भएका छौँ।
शोकको यस घडीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ।