logo
  • १७ भाद्र २०८३ , बुधबार
    • ट्रेन्डिङ

    भन्सार छलीका सामान बरामद, स्कुटर र मोटरसाइकलसहित साढे ३ लाख बढीको सामान नियन्त्रणमा


    १६ भाद्र २०८३ , मंगलबार

    भन्सार छलीका सामान बरामद, स्कुटर र मोटरसाइकलसहित साढे ३ लाख बढीको सामान नियन्त्रणमा

    लुम्बिनीखबर

    भैरहवा, १६ भदौ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली चोरी–पैठारी गरी ल्याइएका करिब ३ लाख ५४ हजार ९ सय ९८ रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको छ ।

    प्रहरीले २०८३ साल भदौ १५ गते विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैध रूपमा भन्सार छली गरी ल्याइएका सामान बरामद गरेको हो । नियन्त्रणमा लिइएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।

    मायादेवी गाउँपालिका–६ स्थित गुरवनियाचोकबाट प्रहरीले करिब ४० हजार रुपैयाँ बराबरको ४० किलो नरिवल बरामद गरेको छ ।

    त्यस्तै, रोहिणी गाउँपालिका–२ स्थित खुरहुरियाबाट करिब २ लाख ७९ हजार ९ सय ९८ रुपैयाँ बराबरको सामान बरामद गरिएको छ । प्रहरीले लु.प्र. ०१–००५ प २३७२ नम्बरको स्कुटरसहित Underarm Roll-on ३२ पिस, Mama Earth Face Cream १० पिस, Dot & Key Sunscreen १९ पिस लगायत विभिन्न कस्मेटिक सामान नियन्त्रणमा लिएको हो ।

    यसैगरी, मायादेवी गाउँपालिका–३ स्थित बरेवाबाट करिब ३५ हजार रुपैयाँ बराबरको सामान बरामद भएको छ । उक्त स्थानबाट लु.२५ प ३२४४ नम्बरको मोटरसाइकलसहित १०० किलो चिनी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    प्रहरीले बरामद गरिएका सम्पूर्ण सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय बेलहिया पठाएको जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.