logo
  • १७ भाद्र २०८३ , बुधबार
    • ट्रेन्डिङ

    ओमसतिया गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २४ लाख १७ हजार ९ सय सहयोग


    १६ भाद्र २०८३ , मंगलबार

    ओमसतिया गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २४ लाख १७ हजार ९ सय सहयोग

    पशुपति यादव। लुम्बिनीखबर

    रोहिणी, १६ साउन । रसुवा जिल्लाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहतका लागि ओमसतिया गाउँपालिकाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. २४ लाख १७ हजार ९०० सहयोग गर्ने निर्णय गरेको छ।

    गाउँपालिकाले मिति २०८३ साउन १६ गते जारी गरेको पत्रमा– मिति २०८३ साउन १० गते रसुवाको भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा अपूरणीय मानवीय क्षति र भौतिक संरचनाको विनाश भएको छ। उक्त विपत्तिमा परी ज्यान गुमाएका नागरिकप्रति गाउँपालिकाले गहिरो शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचार, हेरचाह र मनोसामाजिक परामर्शको उचित व्यवस्था होस् भन्ने कामना पनि गरेको छ।

    विपद्को यस संवेदनशील घडीमा नागरिकहरूको तत्काल उद्धार, राहत, उपचार र पुनर्स्थापनाको कार्यमा टेवा पुगोस् भन्ने उद्देश्यले गाउँपालिकाले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

    सहयोग रकमको विवरण पालिकाको विपद् व्यवस्थापन कोषबाट रु. ५,००,०००, जनप्रतिनिधि तर्फ रु. २,१८,९००, कर्मचारी तर्फ (स्वास्थ्य सेवा समेत) रु. ८,२५,०००, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी तर्फ रु. ८,७४,००० गरी जम्मा रु. २४ लाख १७ हजार ९०० रहेको छ।

    जनप्रतिनिधि तर्फ गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव, उपाध्यक्ष सुनिता चौधरी, वडा नं. ६ का वडाध्यक्ष शिवकुमार धवल लगायत अन्य जनप्रतिनिधिहरूले आफ्नो एक महिनाको सुविधा बापतको रकम योगदान गरेका छन् भने कर्मचारी र शिक्षकहरूले तोकिएको दिनको तलब योगदान गरेका छन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.