logo
  • १७ भाद्र २०८३ , बुधबार
    • ट्रेन्डिङ

    भोटेकोशी बाढीमा हालसम्म १ हजार १२७ शव फेला


    १७ भाद्र २०८३ , बुधबार

    भोटेकोशी बाढीमा हालसम्म १ हजार १२७ शव फेला

    लुमिबनीखबर
    भैरहवा, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ५ बजेसम्म विभिन्न स्थानमा १ हजार १२७ जनाको शव फेला परेको छ।नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र भारतमा नौवटा रहेका छन्।

    फेला परेका शवमध्ये १ हजार ११३ वटाको लाशजाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ। पहिचान हुन नसकेका ९११ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको प्रहरीले जनाएको छ।बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको छ। प्रभावित क्षेत्रबाट ६ हजार ५४१ जनाको उद्धार गरिएको छ भने ४ हजार ८५८ जना बेपत्ताको खोजी भइरहेको छ।

    नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै बेपत्ताको खोजी, उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको बताउनुभयो। उहाँका अनुसार स्थानीयवासी तथा सम्बन्धित निकायसँग समन्वय गरी अवरुद्ध सडक खुलाउने र बाढी प्रभावित क्षेत्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाउने कार्यसमेत भइरहेको छ।

    नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले दिएको जानकारीअनुसार बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.