logo
  • २४ भाद्र २०८३ , बुधबार
    • ट्रेन्डिङ

    विपद् मा प्रहरीको दोहोरो जिम्मेवारी: उद्धारसँगै अपराध नियन्त्रण


    २४ भाद्र २०८३ , बुधबार

    विपद् मा प्रहरीको दोहोरो जिम्मेवारी: उद्धारसँगै अपराध नियन्त्रण

    लुम्बिनीखबर
    भैरहवा, २४ भदौ । प्राकृतिक विपत्तिका कारण प्रहरी जनशक्ति बाढीपहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनमा परिचालित भइरहेका बेला लुम्बिनी प्रदेश प्रहरीले चोरी, तस्करी, लागूऔषध तथा अन्य आपराधिक गतिविधि नियन्त्रणको जिम्मेवारीलाई समेत निरन्तरता दिएको छ । विपद्को समयमा उद्धार तथा राहतमा राज्य संयन्त्र केन्द्रित भइरहेका बेला हुने अवैध गतिविधि नियन्त्रणका लागि प्रहरीले सूचना सङ्कलन, निगरानी र आवश्यकताअनुसार कारबाही गरिरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    यसैक्रममा प्रहरीले दाङमा ११ बोरा पटाका तथा नवलपरासीमा स्रोत नखुलेको रु. २१ लाख ६० हजारसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । रुपन्देहीमा भन्सार छली तथा चोरी पैठारी गरी ल्याइएका रु. ५ लाख ७३ हजार १७४ बराबरका सामानसमेत बरामद गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले विपद्को समयमा नागरिकको खोज, उद्धार, राहत तथा सुरक्षित स्थानान्तरणसँगै शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई पनि निरन्तरता दिइएको बताउनुभयो ।

    उहाँका अनुसार विपद्का कारण प्रहरी जनशक्तिसमेत प्रभावित भएको अवस्थामा प्रहरी आफ्नो नियमित जिम्मेवारीका साथै विपद् व्यवस्थापनमा सक्रिय छ ।रुपन्देहीमा बरामद सामानमा चिनी, कृषि औषधि, सागको बीउ, भाँडाकुँडा, कस्मेटिक सामान, सुपारी, साडी, कुर्ता–सुरुवाल तथा कपडालगायत छन् । बरामद सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

    विपद्को समयमा उद्धार, राहत र सुरक्षासँगै चोरी–तस्करी तथा अन्य अवैध गतिविधि नियन्त्रणमा प्रहरी सक्रिय रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.