लुम्बिनीखबर
बुटवल, ३० भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि बुटवल हस्पिटल प्रा।लि।ले रु। ७ लाख ७७ हजार ७७७ आर्थिक सहयोग गरेको छ । अस्पताल परिवारले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । अस्पतालका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेल र सञ्चालक एवं जनप्रतिनिधि नरिश्वर शर्माले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।
अस्पतालले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकका परिवारप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । विपद्को यस दुःखद् घडीमा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको अस्पतालले जनाएको छ ।