रुपन्देहीको दक्षिणी सीमावर्ती क्षेत्र मर्चवार कृषि उत्पादनका दृष्टिले महत्वपूर्ण क्षेत्र मानिन्छ। उर्वर, खेतीयोग्य जमिन र कृषिमा निर्भर ठूलो जनसंख्या रहेको मर्चवारलाई लाग्दो समयदेखि नै रुपन्देहीको कृषि भण्डारका रूपमा लिँदै आएको छ। तर कृषि उत्पादनको प्रचुर सम्भावना हुँदाहुँदै पनि आवश्यक पूर्वाधार र सुविधाको अभावमा यो क्षेत्र अपेक्षितभन्दा पछाडि परेको छ।
मर्चवार क्षेत्रअन्तर्गत कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका र समरीमाई गाउँपालिका पर्दछन्। यी तीनवटै स्थानीय तहका अधिकांश नागरिकको मुख्य पेशा कृषि हो। यहाँको अर्थतन्त्र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि उत्पादनमा आधारित छ। खेतमा उत्पादन हुने धान, गहुँ, तरकारी, दलहन तथा अन्य कृषि उपजले स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। स्थानीयका अनुसार मर्चवारको कृषि उत्पादनको इतिहास निकै पुरानो छ। यहाँ उत्पादन खानदान तथा कृषि उपज हिमालय काठमाण्डौंलगायत देशका विभिन्न भागसम्म पुग्ने गरेको बताइन्छ। उत्पादनका दृष्टिले सम्भावनायुक्त भए पनि किसानले आफ्नो उत्पादनको उचित मूल्य, सहज बजार, पर्याप्त सिँचाइ, आधुनिक कृषि प्रविधि, भण्डारण तथा सडक पूर्वाधारको अभाव भेल्दै आएका छन्।
उत्पादन धेरै, सुविधा कम
मर्चवारमा खेतीयोग्य जमिन प्रशस्त भए पनि पर्याप्त सिँचाइ व्यवस्थापन गर्न आवश्यक पूर्वाधारको अझै पर्याप्त विकास हुन सकेको छैन। किसानले उत्पादन गरेको कृषि उपज बजारसम्म लैजान सडकको अवस्था, ढुवानी खर्च, भण्डारणको अभाव र बजारको अनिश्चितताजस्ता समस्या सामना गर्नुपरेको छ।
सिँचाइको पर्याप्त व्यवस्था नहुँदा किसान अर्कै मौसममा निर्भर हुनुपर्ने अवस्था छ। वर्षाको समयमा पर्याप्त पानी भए पनि अन्य समयमा सिँचाइको अभावमा खेती प्रभावित हुने गरेको छ। कृषि उत्पादन बढाउन भूमिगत तथा सतह सिँचाइ प्रणाली विस्तार, नहरको सुधार तथा आधुनिक सिँचाइ प्रविधिको प्रयोग आवश्यक देखिन्छ। किसानलाई गुणस्तरीय बीउ, मल, कृषि औजार, प्राविधिक ज्ञान र सहज कृषि ऋण उपलब्ध गराउन सके उत्पादन र उत्पादकत्व दुवै बढाउन सकिन्छ तर यी सुविधाबाट किसानको खेतसम्म पुग्नाने विषयमा अझै धेरै काम गर्नुपर्ने देखिन्छ।
कृषि हब बन्न सक्ने क्षमता
मर्चवारको सवैभन्दा ठूलो सम्भावना नै यसको कृषि हो। यहाँको जमिन, भौगोलिक अवस्था र कृषिमा निर्भर जनसंख्यालाई व्यवस्थित रूपमा उपयोग गर्न सके मर्चवारलाई लुम्बिनी प्रदेशकै प्रमुख कृषि हबका रूपमा विकास गर्न सकिने सम्भावना छ।
कृषि हब भन्नाले केवल धेरै उत्पादन हुने क्षेत्र मात्र होइन, उत्पादनदेखि प्रशोधन, भण्डारण, बजारीकरण र निर्यातसम्मको सम्पूर्ण शृङ्खला विकास भएको क्षेत्र बुझिन्छ। मर्चवारमा यही अवधारणाअनुसार कृषि बिकासको योजना बनाउन आवश्यक छ। यसका लागि केन्द्र, प्रदेश तथा स्थानीय तहले किसानलाई सहुलियत, खाद्यान्न तथा अन्य कृषि उपजलाई स्थायी गर्न सके आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ। कृषि पर्यटनलाई जोड्दा किसानले आफ्नो उत्पादनबाट थप आम्दानी गर्न सक्छन्। तर यसका लागि सडक, खानेपानी, विद्युत, इन्टरनेट, स्वास्थ्य, सुरक्षा तथा अन्य आधारभूत पूर्वाधारको विकास आवश्यक हुन्छ।
स्वास्थ्य र शिक्षामा प्राथमिकता
कृषि क्षेत्रको विकास केवल खेत र सिँचाइसँग मात्र जोडिएको विषय होइन। नागरिकलाई गाउँमै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउन सकिएन भने विकासको उद्देश्य अधुरो रहन्छ। स्थानीयस्तरमै प्रशोधन र प्याकेजिङ गर्ने उद्योग स्थापना गर्न सकियो भने किसानले राम्रो मूल्य पाउनेछन्। यसबाट रोजगारी सिर्जना हुनुका साथै युवाहरू गाउँमै बस्ने वातावरण तयार हुन सक्छ।
कृषि पर्यटनको सम्भावना
मर्चवारलाई कृषि पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना छ। कृषि पर्यटनले गन्तव्य बनाउन सकिने सम्भावना पनि उत्तिकै महत्वपूर्ण छ। घर फर्केर खेतियोग्य जमिन, ग्रामीण जीवनशैली, कृषि उत्पादन र स्थानीय खानका परिचय गराउँदै पर्यटनसँग जोड्न सकिन्छ। कृषि फार्म, नमूना कृषि क्षेत्र, होमस्टे, स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री केन्द्र स्थापना गर्न सकिन्छ। मर्चवारबाट बसाइँसराइ बढ्नुका कारणमध्ये शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारको कमी पनि महत्वपूर्ण मानिन्छ। गाउँमै राम्रो विद्यालय, प्राविधिक तथा व्यावसायिक शिक्षा, आधारभूत स्वास्थ्य सेवा र विशेष स्वास्थ्य सेवाको पहुँच बढाउन सके नागरिकहरू शहरतर्फ बसाइँ सर्नुपर्ने बाध्यता कम गर्न सकिन्छ। जिल्ला भरी यसलाई कृषि उद्यम, पशुपालन, माछापालन, तरकारी खेती, फलफूल खेती तथा कृषि प्रशोधन उद्योगसँग जोड्न सकियो भने रोजगारीका नयाँ अवसर सिर्जना गर्न सकिन्छ।
आवश्यकता
कृषि उत्पादन बढ्ने किसानका लागि सडक बजारसँग जोड्ने जीर्णोद्धार हो। खेतबाट उत्पादन भएको कृषि उपज समयमै बजारसम्म पुग्न नसके किसानले उचित मूल्य पाउन सक्दैनन्। त्यसैले मर्चवारका सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउन, मुख्य सडकबाट कालोपत्रे गर्न तथा कृषि उत्पादन क्षेत्रलाई बजार र ठूला व्यापारिक केन्द्रसँग जोड्न आवश्यक छ। त्यस्तै कृषि उपज सङ्कलन केन्द्र, शीतभण्डार, गोदाम, कृषि बजार तथा प्रशोधन केन्द्र स्थापना गर्न सके मर्चवारको कृषि अर्थतन्त्रले नयाँ गति लिन सक्छ। स्थानीय तहले किसानसँग प्रत्यक्ष जोडिने सेवा, कृषि सडक, स्थानीय बजार, उत्पादन सङ्कलन तथा समावेशी योजनालाई प्राथमिकता दिन सक्छन्। तीन तहका सरकारका कार्यक्रमबीच दोहोरोपन हटाएर एउटै दीर्घकालीन योजनाअन्तर्गत काम गर्न सकियो भने मर्चवारको विकासले गति लिन सक्छ।
बसाइँसराइ रोक्ने आधार कृषि
गाउँबाट शहरतर्फ बसाइँसराइ बढ्ने मुख्य कारणमा मात्र होइन युवती बन्ने को हो नागरिकले गाउँमै रोजगारी, शिक्षा, स्वास्थ्य र सुरक्षित भविष्यको अवसर पाए बसाइँसराइ स्वतः घट्न सक्छ। त्यसका लागि कृषिमाथिको परम्परागत जीवकोपार्जनको माध्यमबाट व्यावसायिक उद्यमका रूपान्तरण गर्नुपर्छ। किसानलाई उत्पादनदेखि बजारसम्मको सुनिश्चितता, उचित मूल्य र प्रविधिको पहुँच दिनुपर्छ। युवा पुस्ताले कृषिमा सम्मानजनक र आम्दानीको राम्रो स्रोतका रूपमा लिन सक्ने वातावरण निर्माण गर्नु आवश्यक छ।
अब मर्चवारलाई नयाँ दृष्टिले हेर्नुपर्छ
मर्चवारलाई पछाडि परेको सीमावर्ती क्षेत्रका रूपमा मात्र हेर्ने दृष्टिकोण अब परिवर्तन गर्न आवश्यक छ। यो क्षेत्र सम्भावनाको क्षेत्र हो। यहाँको उर्वर भूमि र कृषिमा आधारित जनशक्तिलाई आधुनिक प्रविधि, पूर्वाधार र बजारसँग जोड्न सकियो भने मर्चवार रुपन्देही मात्र होइन, नेपालकै प्रमुख कृषि उत्पादन क्षेत्र बन्न सक्छ।
यसका लागि अब ठूले योजना होइन, मर्चवार कृषि विकास गुरुयोजना आवश्यक देखिन्छ। कुन क्षेत्रमा कुन बालीको सम्भावना छ, कहाँ सिँचाइ आवश्यक छ, कहाँ कृषि सडक बनाउने, कहाँ शीतभण्डार स्थापना गर्ने, कहाँ प्रशोधन उद्योग राख्ने र कसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने भन्ने स्पष्ट योजना बनाउनुपर्छ। मर्चवारको भविष्य खेत हो यो खेतमा उत्पादन बढ्यो भने स्थानीय अर्थतन्त्र बलियो हुन्छ, रोजगारी सिर्जना हुन्छ, युवा गाउँमै रोकिन्छन् र बसाइँसराइ कम हुन्छ।
तीन तहका सरकारबीच सहकार्य आवश्यक
मर्चवारको विकास कुनै एक स्थानीय सरकार, प्रदेश वा मात्र सम्भव छैन। संघीय सरकार, लुम्बिनी प्रदेश सरकार र कोटहीमाई, मर्चवारी तथा समरीमाई गाउँपालिकाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक छ। संघीय सरकारले ठूला पूर्वाधार, सिँचाइ आयोजना, कृषि अनुसन्धान, कृषि अनुदान तथा बजार व्यवस्थापनमा भूमिका खेल्न सक्छ। प्रदेश सरकारले कृषि आधुनिकीकरण, प्राविधिक सेवा, प्रशोधन उद्योग र कृषि पर्यटन कार्यक्रम अघि बढाउन सक्छ।
त्यस्तै मर्चवारलाई केवल विकासको प्रतीक्षामा रहेको क्षेत्रका रूपमा होइन, नेपालको कृषि समृद्धिको सम्भावित केन्द्रका रूपमा हेर्ने समय आएको छ।
सरकारले इच्छाशक्ति देखाउने हो भने मर्चवारलाई कृषि हब, कृषि उद्यमीको केन्द्र र स्थानीय रोजगारीको आधार बनाउन सकिन्छ। यसका लागि संघ, प्रदेश र स्थानीय सरकारले मिली खेत र किसानको सहकार्य आवश्यक छ। मर्चवारमा सम्भावना छ, उत्पादनको शक्ति छ र यो हामी किसान छन्। अब आवश्यक छ–त्यो सम्भावनालाई पूर्वाधार, प्रविधि, बजार र सरकारी नीतिले बल दिनु।