logo
  • ५ असोज २०८३ , सोमबार
    • ट्रेन्डिङ

    सिद्धार्थनगरमा स्थानीय तहमार्फत कर सेवा प्रवाह हुने


    १ असोज २०८३ , बिहिबार

    सिद्धार्थनगरमा स्थानीय तहमार्फत कर सेवा प्रवाह हुने

    लुम्बिनीखबर
    भैरहवा, १ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाभित्रका व्यवसायीले अब नगरपालिकाबाटै आन्तरिक राजस्वसम्बन्धी सेवा पाउने भएका छन् । करसम्बन्धी सेवा स्थानीय तहमार्फत प्रवाह गर्ने विषयमा आन्तरिक राजस्व कार्यालय भैरहवा र सिद्धार्थनगर नगरपालिकाबीच बुधबार सम्झौता भएको हो। सम्झौताअनुसार नगर क्षेत्रका व्यवसायीले कर दर्तालगायत आवश्यक सेवा नगरपालिकाबाटै प्राप्त गर्ने व्यवस्था भएको छ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले नगर क्षेत्रका सबै व्यवसायलाई करको दायरामा ल्याउन सम्झौताले सहयोग पुग्ने बताउनुभयो। नगर क्षेत्रमा धेरै व्यवसाय सञ्चालनमा रहे पनि कतिपय अझै कर प्रणालीमा आबद्ध हुन बाँकी रहेको उल्लेख गर्दै उहाँले सेवा सहज बनाएर करको दायरा विस्तार गरिने बताउनुभयो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सम्झौता कार्यान्वयनका लागि आवश्यक जनशक्ति, पूर्वाधार तथा प्राविधिक तयारी गरिने बताउनुभयो। आन्तरिक राजस्व कार्यालयसँग निरन्तर समन्वय गरी व्यवसायीलाई छिटो र सरल सेवा उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो।

    आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले व्यवसायीलाई सहज रूपमा करसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको बताउनुभयो। स्थानीय तहमै सेवा उपलब्ध हुँदा व्यवसायीको समय र खर्च बचत हुनुका साथै कर प्रशासनमा पहुँच सहज हुने उहाँले जानकारी दिनुभयो।

    सम्झौता कार्यक्रममा भैरहवा क्षेत्रका व्यवसायी तथा सरोकारवालाको सहभागिता थियो। स्थानीय तहबाटै करसम्बन्धी सेवा उपलब्ध हुने व्यवस्थाले व्यवसायीलाई सहज हुने सहभागीले बताएका थिए। सम्झौताबाट नगर क्षेत्रका व्यवसायको तथ्याङ्क संकलन, कर दर्ता तथा करको दायरा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.