logo
  • ५ असोज २०८३ , सोमबार
    • ट्रेन्डिङ

    डेढ करोड बढी ठगीको आरोपमा फरार महिला पक्राउ


    ५ असोज २०८३ , सोमबार

    डेढ करोड बढी ठगीको आरोपमा फरार महिला पक्राउ

    लुम्बिनीखबर
    भैरहवा, ५ असोज । रुपन्देही प्रहरीले ठगी तथा संगठित अपराधको कसुरमा फरार रहेकी एक महिलालाई पक्राउ गरेको छ। प्रहरीले सर्वसाधारणबाट रु.१ करोड ५० लाख २२ हजार ५२० ठगी गरेको आरोपमा फरार रहेकी मर्चवारीमाई गाउँपालिका–३, रायपुरकी २४ वर्षीया उर्मिला बरईलाई पक्राउ गरेको हो।बरईलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीका लागि रुपन्देही जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

    प्रहरीका अनुसार पक्राउ परेकी बरईले समूह बनाई सर्वसाधारणलाई संगठितरुपमा ठगी गरी रु.१ करोड ५० लाख २२ हजार ५२० हिनामिना गरेको आरोप छ। सोही घटनामा संलग्न भई फरार रहेकी बरईलाई खोजतलासका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बरईलाई पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा पेश गरिएको जानकारी दिनुभयो। प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा अनुसन्धानसमेत भइरहेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.