logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    लुम्बिनी र भारतबीच पर्यटन प्रवर्द्धनमा सहकार्य


    १५ असोज २०८३ , बिहिबार

    लुम्बिनी र भारतबीच पर्यटन प्रवर्द्धनमा सहकार्य

    लुम्बिनीखबर
    भैरहवा, १५ असोज । बुद्ध जन्मस्थल लुम्बिनी र उत्तर–पूर्वी भारतका पर्यटकीय गन्तव्यबीच पर्यटन प्रवर्द्धन तथा पर्यटक आवागमन विस्तारका लागि लुम्बिनी होटल संघ र उत्तर–पूर्व भारतीय पर्यटन महासंघबीच समझदारी भएको छ। लुम्बिनीमा आयोजित संयुक्त कार्यक्रममा दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको लुम्बिनी होटल संघले जनाएको छ। भारतको उत्तर–पूर्वी क्षेत्रका आठ राज्यका पर्यटन व्यवसायी तथा अगुवा लुम्बिनी होटल संघको निमन्त्रणामा लुम्बिनी आएका थिए।

    लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्मा ‘जुपिटर’ले समझदारीले लुम्बिनी र उत्तर–पूर्वी भारतबीच पर्यटन, संस्कृति, आतिथ्यता तथा व्यावसायिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने बताउनुभयो। उहाँले लुम्बिनीलाई बुद्ध जन्मस्थलका रूपमा प्रवर्द्धन गर्दै आसपासका पर्यटकीय गन्तव्यलाई समेत जोड्नुपर्ने बताउनुभयो। संघका पूर्वअध्यक्ष गोविन्द ज्ञवालीले दुई क्षेत्रबीच स्थल तथा हवाई सम्पर्क विस्तारसँगै संयुक्त पर्यटन प्याकेज निर्माण गरी पर्यटक आवागमन बढाउन सकिने बताउनुभयो।

    समझदारीमा लुम्बिनी र उत्तर–पूर्वी भारतलाई जोडेर पर्यटन तथा तीर्थयात्राको संयुक्त प्रवर्द्धन गर्ने, पर्यटकको बसाइ अवधि बढाउने, बौद्ध तथा हिन्दू तीर्थस्थलसहित सांस्कृतिक र इको–पर्यटन गन्तव्यलाई जोड्ने उल्लेख छ। त्यस्तै, स्थल तथा हवाई सम्पर्कको सम्भावना पहिचान, सीमापार आवागमन सहज बनाउन सम्बन्धित निकायसँग समन्वय तथा पर्यटन व्यवसायी, सञ्चारकर्मी र डिजिटल सामग्री उत्पादकबीच नियमित आदानप्रदान गर्ने सहमति भएको संघले जनाएको छ। लुम्बिनी होटल संघको अगुवाइमा लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.