logo
  • ३० असोज २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    दसैँ बिदामा पनि भीम अस्पतालका अत्यावश्यक सेवा सञ्चालन हुने


    २९ असोज २०८३ , बिहिबार

    दसैँ बिदामा पनि भीम अस्पतालका अत्यावश्यक सेवा सञ्चालन हुने

    लुम्बिनीखबर 
    भैरहवा, २९ असोज । भीम अस्पताल भैरहवाले दसैँ बिदाको अवधिमा पनि बहिरङ्ग सेवा (ओपीडी) बाहेकका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्ने जनाएको छ। अस्पतालले बुधबार सूचना जारी गर्दै आगामी असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म सार्वजनिक बिदा रहे पनि आकस्मिकलगायत अत्यावश्यक स्वास्थ्य सेवा सञ्चालन हुने जानकारी दिएको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वर्षा थापाका अनुसार बिदाको अवधिमा कुकुरको टोकाइविरुद्ध लगाइने एआरभी (एन्टी रेबिज भ्याक्सिन) सेवा आकस्मिक सेवा विभागमार्फत उपलब्ध हुनेछ। त्यसैगरी, सामाजिक सेवा इकाइबाट प्रदान गरिने सेवा अस्पतालको काउन्टरमार्फत उपलब्ध गराइनेछ।

    अस्पतालले बिदाका समयमा पनि सेवाग्राहीलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ। स्वास्थ्य समस्या देखिएमा वा आकस्मिक उपचार आवश्यक परेमा अस्पतालको आकस्मिक सेवा विभागमा सम्पर्क गर्न अस्पतालले सर्वसाधारणलाई अनुरोध गरेको छ। दसैँ बिदाका कारण अत्यावश्यक उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले अस्पतालले आकस्मिक तथा अन्य आवश्यक सेवा निरन्तर सञ्चालन गर्ने जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.