logo
  • २७ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    कपिलवस्तुमा पटका, बोइलर कुखुरा र मोटरसाइकलका पार्टपुर्जासहित ७४ लाखभन्दा बढीको अवैध सामान बरामद


    २७ असोज २०८३ , मंगलबार

    कपिलवस्तुमा पटका, बोइलर कुखुरा र मोटरसाइकलका पार्टपुर्जासहित ७४ लाखभन्दा बढीको अवैध सामान बरामद

    लुम्बिनीखबर 

    कपिलवस्तु, २७ असोज। कपिलवस्तुमा भारतबाट अवैध रूपमा भित्र्याइएका पटका (आतिसबाजी), बोइलर कुखुराका चल्ला, मोटरसाइकलका पार्टपुर्जा तथा अन्य सामग्री प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार असोज २५ र २६ गते विभिन्न स्थानबाट बरामद गरिएका सामानको अनुमानित मूल्य ७४ लाख रुपैयाँभन्दा बढी रहेको छ।

    जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले भारतबाट भन्सार छली नेपाल भित्र्याइएका सामान नियन्त्रणमा लिएको हो। प्रहरीले बरामद सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको जनाएको छ।

    प्रहरीका अनुसार यशोधरा गाउँपालिका–६ पुर्दिहवाबाट प्रतिबन्धित विभिन्न किसिमका पटका बरामद गरिएको छ। उक्त सामानको अनुमानित मूल्य ३ लाख ३४ हजार ८१० रुपैयाँ रहेको छ। त्यस्तै, शिवराज नगरपालिका–५ चन्द्रौटाबाट बरामद गरिएको पटका ४ लाख ७४ हजार ४६१ रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ। दुवै स्थानबाट बरामद गरिएका पटका नष्ट गरिएको छ।

    यसैगरी, बाणगंगा नगरपालिका–११ ओदारीबाट करिब १३२० केजी फलफूल, ६४४ केजी रायो तथा ५०० पिस नरिवल बरामद गरिएको छ। उक्त सामानको अनुमानित मूल्य २ लाख २७ हजार रुपैयाँ रहेको छ। बरामद सामग्री भन्सार कार्यालय कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ।

    कृष्णनगर नगरपालिका–११ बडेमाडबाट भारतीय नम्बर प्लेटको यूपी ५५ एल ५०३० नम्बरको मोटरसाइकलमा ल्याइँदै गरेका एक हजारवटा बोइलर कुखुराका चल्ला बरामद गरिएको छ। मोटरसाइकलको अनुमानित मूल्य ६० हजार रुपैयाँ र चल्लाको मूल्य १ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। मोटरसाइकल तथा चल्ला नष्ट गरी भन्सार कार्यालय कपिलवस्तु पठाइएको पत्रमा उल्लेख छ।

    त्यस्तै, कृष्णनगर नगरपालिका–११ रेनानगरबाट एमएच ४७ एटी ६४०३ नम्बरको मोटरसाइकलमा ल्याइँदै गरेका १ हजार ५०० वटा बोइलर कुखुराका चल्ला बरामद गरिएको छ। उक्त मोटरसाइकलको मूल्य १ लाख रुपैयाँ र चल्लाको मूल्य १ लाख ५० हजार रुपैयाँ अनुमान गरिएको छ। बरामद सामान नष्ट गरी भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

    यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट मोटरसाइकलका विभिन्न पार्टपुर्जा पनि बरामद गरिएको छ। उक्त सामानको अनुमानित मूल्य २६ हजार ६०० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अवैध आयात तथा भन्सार छली नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.