logo
  • ३० असोज २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    अपाङ्गता भएका बालबालिकाका परिवारलाई खाद्यान्न सहयोग


    २९ असोज २०८३ , बिहिबार

    अपाङ्गता भएका बालबालिकाका परिवारलाई खाद्यान्न सहयोग

    लुम्बिनीखबर
    भैरहवा, २९ असोज । बालश्रम तथा जोखिममा रहेका बालबालिकाको क्षेत्रमा कार्यरत संस्था चाइल्ड वर्कर्स इन नेपाल (सिविन नेपाल) ले आर्थिक अवस्था कमजोर भएका अपाङ्गता भएका बालबालिकाका परिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गरेको छ । सिविन नेपालअन्तर्गत सञ्चालित बाल हेल्पलाइन, रुपन्देहीको बेन परियोजनामार्फत सिद्धार्थनगर नगरपालिकाका छ घरपरिवारलाई बुधबार खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरिएको हो । आर्थिक अभावका कारण दैनिक जीविकोपार्जन तथा खानपानको व्यवस्था गर्नसमेत कठिनाइ भोगिरहेका परिवारलाई लक्षित गरी सहयोग गरिएको जनाइएको छ ।

    परियोजनामार्फत प्रतिपरिवार चामल, दाल, खानेतेल, नुन, मटर, चना, चिउरा र नुहाउने साबुन वितरण गरिएको थियो । आर्थिक अभावका कारण दैनिक आवश्यकता पूरा गर्न कठिनाइ भोगिरहेका अपाङ्गता भएका बालबालिका तथा उनीहरूका परिवारलाई खाद्यान्न सहयोगले दैनिक जीवनयापनमा राहत पुग्ने अपेक्षा गरिएको सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.