भैरहवा ,२२ चैत । टेलिभिजको पर्दामा सधै अरुलाई हसाउँन रुपन्देहीका माइलाबा लाई आज दैवले रुवाएको छ । दुई छोराका पिता माइलबाको खुशी रोदनको साथै आज पिडामा परेको छ । जिवनको उनका खुशीका कलिलो दुई तारा २४ घण्टा नबित्दै सधैको लागि संसार छाडेर गएपछि उनी शोकमा डुबेका हुन् ।
रुपन्देही जिल्लाका हास्यकालाकार एवं मिडियाकर्मी समेत रहेका विष्णुजी पाण्डे (माइला बा) लाई दुई दिनमा २ पुत्र शोक परेको हो ।
चैत २० गते शनिवार जेठो छोरा स्वविशन पाण्डेको २ वर्ष ९ महिनाको कल्कलाउँदो उमेरमा तातो दुधमा जलेर उपचारको क्रममा मृत्यु भएको थियो भने जेठो छोरोको मृत्यु भएको २४ घण्टा नबित्दै चैत २१ गते आइतबार ६ महिना पुगेका कान्छो छोरा किरण पाण्डेले पनि अचानक यो संसार छोड्न पुगेपछि माइलबा दुई दिनमा दुई पुत्र शोकमा परेका हुन् ।
छिमेकीको घरमा खेल्न गएका जेठो छोरा स्वविशन तातो दुधमा डुबेर घाइते भएपछि उनको औषधी उपचारका लागि स्थानिय अस्पताल, कान्ति बाल अस्पताल काठमाण्डौँ हुदै किर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको परिवार स्रोतले बताए ।
उनको मृत्यु भएपछि पुशपति अर्याघाटमा अन्तिम संसकार गरी घर फर्किने क्रममा कान्छो छोरा किरण समेत कहिल्यै नर्फकिने गरी उनीबाट टाढा हुन पुगे । उनको अवस्था समान्य रहेको थियो ।
रुपन्देही जिल्लाका चर्चित हास्य कलाकार माइला बाको उपनामले चिनिने विष्णुजी पाण्डेको पुत्रशोकले गर्दा स्थानिय मिडियाकर्मी र कलाकारकर्मीलाई स्तम्भ तुल्याएको छ ।
तस्वीर स्रोत ः माइलबाको फेसबुकबाट ।
तस्विरमा बुवासगँ मात्र भएको जेठो छोरा हो र बुवा आमासगँ भएको कान्छो छोरा हो ।